Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अध्यक्ष पाण्डेको सभापतित्वमा घुन्सा दुर्घट्नाको सम्झना

काठमाडौं । ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटना भएको आज १६ वर्ष पूरा भएको छ । तत्कालीन वनमन्त्री गोपाल राई सहित २४ जना संरक्षणकर्मीको सो दुर्घटनमा निधन भएको थियो । जलसम्पदा तथा वातावरण संरक्षण मञ्च नेपालले राजधानीमा एक कार्यक्रमको आयोजना गरि मृतकको स्मृतिमा माल्यार्पण तथा दीप प्रज्वलन गरिएको छ । बरिष्ठ समाजसेवि दिपेन्द्र बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व जल सम्पदा तथा वातावरण संरक्षण कोषका अध्यक्ष पुष्पराज पाण्डेले गर्नु भएको थियो । श्री एयरलाइन्सको हेलिकप्टर दुर्घटनामा भूगोलविद् डा। हर्क गुरुङ, मन्त्री राईकी श्रीमती मीना राई, संरक्षणविद् डा। तीर्थमान मास्के, वन तथा भू–संरक्षण मन्त्रालयका तत्कालीन सचिव डा।दामोदर प्रसाद पराजुली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेल, विश्व वन्यजन्तु कोष नेपालका प्रतिनिधि डा। चन्द्रप्रकाश गुरुङ, विश्व वन्यजन्तु कोष एसिया प्यासिफिक प्रमुख मिङ्मा शेर्पा, ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका सदस्य विजयकुमार श्रेष्ठलगायत संरक्षण क्षेत्रका दिग्गज स्वदेशी तथा विदेशी संरक्षणकमींको निधन भएको थियो । जल सम्पदा तथा वातावरण संरक्षण कोषले दुर्घटनामा मृत्यु हुनुभएका २४ जना संरक्षणविद्को रामकोट स्थित अर्धकदको सालिक निर्माण गरिरहेको छ । शहिद पार्क नामांकन गरिएको उक्त पार्क भित्र राजारानी ताल, राधाकृष्ण मन्दिर, सुमिङपुल लगायका अन्य संरचनाहरुको पनि निर्माण कार्य भैरहेको संस्थाका अध्यक्ष पुष्पराज पाण्डेले बताउनु भयो ।