Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । ओरालो लागेको मृगलाई बाच्छाले पनि खेदछ भने झैं आफै हुकुमी तन्त्रका नायक बनेका केपी ओलीको बाउठिएका कुराले नेकपा एमाले सकसमा पर्दैछ । सबैलाई थाहा छ भ्रष्टाचार विरुद्धको सून्यमाथि सरकार, प्रमुख प्रतिपक्ष, नागरिक समाज एक हुनुपर्छ । तर नेकपा एमाले भ्रष्टाचार र तस्करीका कुनै पनि काम गर्न सरकारलाई दिएको छैन् । एमालेको पिडा भनेको ०७९ पूस २६ पछि प्रधानमन्त्री पुष्पकमल दाहाल एमाले गठवन्धन त्यागेर मुद्धा मिल्ने र चुनावी गठवन्धन गरेका दलसँग मिलेर संघ र प्रदेशमा एमालेलाई सरकारबाट हटाए भन्ने मै छ ।
एमालेका अध्यक्ष केपी ओलीको पालामा भएका देशघाती अपराध जन्य गतिविधले पार्टीलाई नै लज्जा थपेको छ । सरकारले गर्न खोजेको राम्रा काममा समेत एमाले बाधक देखियो । एयरपोर्टवाट सय केजी सुन बाहिर आयो । सुन खरिद कर्ता साहु पक्राउमा परेको छैन् । सदावहार तस्कर दिपक मलहोत्रा जोडिएको यो काण्डमा राकेश कुमार अडुकिया, जगन्नाथ ज्ञवाली र पवन सरिया सकृय भएको चर्चा छ । तर एमालेका अध्यक्षलाई आईएमएस गू्रपका अध्यक्ष दिपक मलोहोत्रा जोडिएकोमा चित्त बुझेन् । उनले आँफू कम्वोडियाबाट फर्केको बेला एयरपोर्टमा जे बोले त्यसले एमाले पक्ति नै लज्जीत भएको हुनुपर्छ । एमालेलाई भ्रष्टाचार वेथितीको अन्त गर्ने योजना नभएको पार्टी बनाएर केपी ओली र उनको दलाल मण्डलीले थाङने बनाइ दियो । अध्यक्षको स्वागत गर्न पुगेका बरिष्ठ उपाध्यक्ष ईस्वर पोख्रेल, उपाध्यक्ष सुभाष नेवांङ, विष्णु पौडेल, प्रदिप ज्ञवालीले सत्यता बुझाउन नसक्दा केपी ओली गृहमन्त्री, प्रधानमन्त्री र माओवादी पार्टी तिर आक्रामक भए । उनी आफै शासक बन्दा धादिङमा पक्राउ भएको रसुवा नाकाबाट छिरेको ९ केजी सुन काठमाण्डौ आउँदा पित्तल भएको स्मरण गर्न केपी ओली र उनको समूहलाई कठिन भयो ।
भ्रष्टाचारका फाईल खोतल्दै जाँदा एमाले तर्सनुको कारण उसको ४१ महिने शासनका बेलामा भएका भ्रष्टाचारी योजना हुन् । जुन योजनाका बारेमा जनता जानकार छन राजनीति रंग लगाएर एमालेले जोगिने ठाउँ छैन् । माओवादीका गृहमन्त्री विरुद्ध केपी लाग्नुको कारण अब ठूला फाईल खोतलिन्छन् भन्ने डर छ । नेतृत्वले राम्रो नगर्दा चाकडी गरेर लुटी रहेका मुट्ठीभर कार्यकर्ता पार्टी भनेर लोभिए पनि जनताले एमाले अध्यक्षको चाल बुझेर आक्रोशीत भएका छन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सुन तस्करसँग जोडेर केपी ओलीले संसद चल्न दिएनन भने पनि मन्त्री डराउनु पर्ने अवस्था छैन् । नारायणकाजीले नेपाल प्रहरीलाई शसक्त तुस्त ढंगले अगाडि बढन कतै बाधा पु¥याएका थिएनन् । एमाले आफैले ७ खर्वको ऋण १७ खर्व पु¥याएको हो । कोरोनाकालको औषधी खरिदमा ५४ करोड भ्रष्टाचार भएकै हो । शाही कालमा राजाले आँट नगरेको झापाको गिरी बन्धु टिस्टेटको जमीन अदलबदल गर्न सक्ने ऐन बनाएकै हो । ललिता निवास, ओम्नी काण्ड छदैछ । पशुपतिको धर्माशालामा वतास समूहलाई होटल चलाउन दिएकै हो । नेपाल ट्रष्टको जमीन कौडीको दरमा थामसूर्कूलाई सुम्पने र नारयणहिटी दरवारमा भट्टी चलाउन बतास समूहलाई स्वीकृत दिएकै हो । सेकुरिटी प्रेस काण्डमा एमालेले पैसा खायो कर्मचारी माथी भ्रष्टाचारी ठहर गर्ने विशेष आदालत राज्यकै हो । २ अर्व खाई दिए तीनका बाउको हो भन्ने गोकूल बास्कोटा छँदैछन् । संसदको सार्वजनिक लेखा समितिले भ्रष्टाचार भएको ठहर सहित प्रतिवेदन बनाएको छ । त्यहाँ ३४ अर्व घोटाला भएकै छ ।
एमालेका नेता जोडिएका कुनै पनि काण्डमा अख्तीयारले छानविन गर्दैन् । त्यहाँ प्रेम राईजस्ता एमाले अध्यक्ष केपी ओलीका भक्त अख्तियारका आयुक्त छन् । ओलीलाई सुझाव दिन नसक्ने अपाध्यक्षहरूको पद र कार्यभार भक्तीगान मात्रै हो । गृहमन्त्रीले भरिया समाते मुल लगानी कर्ता फेला परेन भन्दै गर्दा तस्कर समूहका जगन्नाथ ज्ञवाली, राकेश अडुकिया र पवन सरियाको सम्वन्ध भनेकै तस्करी रहेछ भन्ने देखियो । नेपालको एयरपोर्ट वदनाम छ । केपी ओली प्रम भएकै समयमा पनि एयरपोर्ट ३३ केजी सुनले चर्चित थियो । चुडामणि (गोरे) ले सनम शाक्यको हत्या गर्दैनथे भने छानविन हुदैनथ्यो । तर छानविन गर्दै जाँदा बामदेवको नाम आयो रोकियो । नीतिगत लुटमा केपी शासन चर्चित हो । सवैतिरको लुटको नेतृत्व यीनैले गरेका हुन् । जनताका वीचमा जान लाजै भएपछि एमालेले संसद अवद्ध गर्दैछ । त्यसमा जसले काम गरेको छ तारो उहि बनेको छ ।
केपीले सार्वजनिक रूपमै आफ्नो कार्यकालको ४१ महिनामा भएका भ्रष्टाचारको छानविन नगर भन्न किन सक्दैनन् । भुटानी शरणार्थी देखि कोरोनाकाल, ओम्नी र यति देखि सहकारीको ठगीसम्म जोडिएको एमाले पंक्ति कर फस्यौट आयोगसम्म काँग्रेसको सहयात्री भएको छ । कम्युनिष्टका नाममा बदनामी कमाएकाहरूवाट अब पार्टी चल्दैन् । जसरी भ्रष्टाचारसँग जोडिएका नेताबाट राजनीति चल्न कठिन हुँदैछ । एमाले जनजीविका तर्फ ध्यान दिदैन सरकारले भ्रष्टाचारीको दोहोलो काडेका बेला बाधक बन्नु कति लज्जा हो । यस्तो प्रमुख प्रतिपक्षबाट देश कसरी सम्वृद्धि र विकासतिर जान्छ शंका छ ।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल