Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अनअराइभल भिसा नदिने मन्त्रिपरिषद निर्णय

काठमाडौं । सरकारले नेपाल आउने विदेशीलाई आगमन भिसा (अनअराइभल) भिसा नदिने भएको छ । कोरोना भाइसको जोखिमलाई मध्यनजर गर्दै सरकारले अन–अराइभल भिसा दिने व्यवस्था स्थगित गर्ने निर्णय गरेको हो । आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी फागुन २४ गतेबाट ‘अन(अराइभल’ भिसा स्थगित गर्ने निर्णय गरेको श्रोतको भनाइ छ ।
कोरोना संक्रमण देखिएका देशहरुबाट नेपाल आउने व्यक्तिले सम्बन्धित देशमा रहेको नेपाली दूतावासबाटै भिसा ल्याउनु पर्नेछ र भिसाका लागि निवेदन दिँदा स्वास्थ्य सर्टिफिकेटसमेत ल्याउनुपर्ने व्यवस्था गरिएको छ । विश्वभर कोरोनाको संक्रमण फैलिरहेको छ । नेपालमा पनि कोरोनाको उच्च जोखिम रहेको विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० जनाएपछि सरकारले नियन्त्रण र पूर्वतयारीका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा उच्चस्तरीय समन्वय समिति गठन गरेको छ । सरकारले विमानस्थलमा सबैको जाँच गर्ने लागयतका निर्णय गरेको छ ।


सम्बन्धित समाचार