Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । अनलाईनमार्फत् ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ५ जनालाई उपत्यकाका विभिन्न स्थानबाट सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं सतुंगल बस्ने रौतहट मंगलपुर गाउँपालिका(३ घर भएकी २८ वर्षीया सर्मिला कुमारी श्रेष्ठ, काठमाडौं महानगरपालिका(५ हाँडीगाँउ बस्ने मोरङ विराटनगर घर भएका २९ वर्षीय अलङकार जैन, काठमाडौं महानगरपालिका(१७ क्षेत्रपाटी बस्ने भारत घर भएका ४९ वर्षीय नविन अग्रवाल, काठमाडौं महानगरपालिका बौद्ध बस्ने भारत घर भएका ५२ वर्षीय आनन्द अग्रवाल र काठमाडौं महानगरपालिका(१६ बालाजु बस्ने ४० वर्षीय सुशिल गुरुङ रहेका छन् ।
उपत्यकाको बिभिन्न स्थानमा व्यवसाय गरी बस्ने गरेका ब्यक्तिहरुले अनलाईनमार्फत् ठगी धन्दा संचालन गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल