Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अन्तरसंवाद कार्यक्रम सम्पन्न

काठमाडौं । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लैङ्गिक हिंसा न्यूनीकरण तथा अपराध रोकथामको लागि स्थानीय तहका उप(प्रमुखहरुसँग अन्तरसंवाद कार्यक्रम नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बिहीबार सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले लैंगिक हिंसा नियन्त्रणलाई थप प्रभावकारी बनाउने उद्देश्य अनुरुप कार्यक्रम आयोजना गरिएको बताउनुभयो । नगरपालिकाका उपप्रमुखहरुको नेतृत्व तथा सबै संघसंस्थाको सहकार्यमा यस्ता कार्यक्रम संचालन गरेमा सकारात्मक नतिजा हासिल गर्न सकिनेमा उहाँले जोड दिनुभयो ।
पीडामा परेका महिलाहरुलाई सुरक्षित राखी न्याय दिलाउन तथा मेलमिलापको भूमिकालाई उचित सहजीकरण गर्न समुदाय(प्रहरी साझेदारी अवधारणा अन्तर्गत लैंगिक हिंसा नियन्त्रण संजाल समिति गठन गरिएको समेत उहाँले उल्लेख गर्नुभयो ।
सो अवसरमा प्रहरी नायव उपरीक्षक राजेन्द्र पोख्रेलले समुदाय-प्रहरी साझेदारी कार्यक्रमको परिचय, लैंगिक हिंसाको अवस्था, लैंगिक हिंसा नियन्त्रण संजाल समितिको परिचय लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा सहभागी काठमाडौंका विभिन्न नगरपालिकाका उपप्रमुखहरु, महिला तथा बालबालिका सेवा केन्द्रका प्रतिनिधिहरु, विभिन्न संघसस्थाका प्रतिनिधिहरुले महिला हिंसाका सवाल, समस्या तथा उपायहरु र आगामी कार्ययोजनाबारे आ(आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
महानगरीय प्रहरी परिसर काठमाडौंको आयोजना तथा महिलाको निम्ति महिला मञ्च नेपालको सहकार्यमा आयोजित उक्त कार्यक्रममा स्थानीय निकायका प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, प्रहरी अधिकृतहरु, सामुदायिक सेवा केन्द्रका प्रतिनिधिहरु, संचारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।