Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
दुष्ट चरित्र, अहंकारी स्वभाव, जनमतको कदर नगर्ने, चरित्रमा भ्रष्ट, व्यवहारमा नातावाद र गुटवाद, पार्टी विधान लेख्ने कार्यान्वयन नगर्ने शंकास्पद माफिया, तस्कर र विचौलियाको सुझावलाई गुरुमन्त्र मान्ने प्रवृत्ति र चिन्तन यो स्थितिका कारक हुन् । यसका पथ प्रदर्शन र व्यवहारमा एमालेका अध्यक्ष केपी ओली उल्लेखित विषयका कारक हुन् । उनको त्यो चरित्र अझै हटेको छैन । जबकि हिजो दाश बनेका झापाली जनता र उनकै काख पोल्टाका दलाल विचौलिया र हनुमानले समेत फागुन २१ को परिणामपछि ओलीको विकल्प खोज्दै गर्दा ओलीकै धम्कीले थचारिनु परेको छ । एमालेका स्थानीय तह भ्रष्टाचारले ग्रस्त छन् । ओली अपानी पठाएर प्रदेश र जिल्लालाई धम्क्याउँदैछन् । आफ्नो स्वार्थका लागि आफैं लिखित सम्झौता माओवादीसँग गर्ने अवधि पुगेपछि पद हस्तान्तरण गर्नु पर्दा कुर्सी भाँच्छु भन्दै धम्क्याउने काम उनले गरे । जो यो स्थितिका करक हुन् । ओलीको दलाल बनेर उनको घात अन्तरघातलाई ताली पिट्ने हनुमान विष्णु पौडेल, शंकर पोखरेलहरू बल्ल चेत्दैछन् । सहयात्री विरुद्धको एमाले आक्रमणको निन्दा जति गरे पनि हुन्छ । पार्टी एकता गर्ने चुनाव जित्न नेता मान्दिन भन्ने महाभ्रष्ट ईश्वर पाखेरेल होस् कि तिनै विद्या भण्डारी कनि नहुन् प्रचण्डकै प्रस्ताव राष्ट्रपति भएका हुन् । एकीकृत पार्टी फुटाउने देशको बजेट लुट्ने काममा ईश्वर पोखरेलको योगदान गोदवा दिनै पर्ने खालको छ । घुस लिएर राज्य दिने गोदवा बेच्ने जुत्तामा पालिस लगाइदिने, दौरा सुरुवाल सिलाइदिने, दाह्री कपाल मिलाइदिने मजदूरलाई ईश्वरले पदक दिलाएको रेकर्ड हेरे पुग्छ । समाजमा त्यस्तो पदकको हुर्मत लिने काम भयो । गणतन्त्र ल्याउने माओवादी त्यसैका विरुद्ध डिएफआईडीको फण्डबाट चलाइएका एमालेका एनजीओ र आईएनजीओले त्यही माओवादीको विरोध गर्न लगाउने ओली र ईश्वर जस्ता पदभ्रष्टहरूका कारण एमाले यो स्थितिमा आएको हो ।
मुख्यमन्त्री पद बेचियो
आज मुलुक तानाशाहीकरणमा जाँदैछ । देशको सार्वभौम अखण्डतामाथि प्रहार हुँदैछ । राष्ट्रघाती सन्धि गराउने केपी ओली आज धनघोर राष्ट्रवादी भएका छन् । तर सत्ता छटपटी उनैलाई बढी छ । त्यही कारण ओलीले प्रदेशको मुख्यमन्त्री पद बेच्न शुरु गरेका छन् । संघीय शासनमा लोप्पा खाँदा यिनको ध्यान प्रदेश मुख्यमन्त्री र मन्त्री पद बिक्रीमा पुगेको छ । यो शुरुवात एमालेमा ५१ वर्ष राजनीति गरेका चितवनका जेएन थपलियालाई बागमती प्रदेशको मुख्यमन्त्री नदिएर ठेकेदार पेशाबाट राप्रपाका नेता बनेका ०७३ सालमा एमाले भएका भक्तपुरका किरण थापालाई मुख्यमत्री बनाउनु हो । ओलीले उनलाई काँग्रेससँगको गठबन्धनमा स्वास्थ्यमन्त्री बनाएका थिए । यस पटक मुख्यमन्त्रीले ओली कुटी बनाउनु पर्नेछ । पैसावाल बिना पार्टी चल्दैन । अब विचार र सिद्धान्त एमालेका लागि केही हैन भन्ने छाप केपीले एमालेमा छाडिसकेका छन् । अब केपीबाट देश र जनताका लागि आश गर्ने ठाउँ छैन । उनलाई राज खान्दानी स्वाभावले ग्रस्त गराइएसक्यो । चाकडी, चाप्लुसी ओली आदर्शहो । त्यही पहिचानबाट अब पनि एमाले कम्युनिष्ट नाउमा मत पाउन कठिन हुन्छ भनेर दाशहरूले विचार गरेका हुन् । त्यहाँ मन्त्री बन्न पनि पैसा चाहिन्छ ।
पुराना खेद्ने, नयाँ जोड्ने
ओलीको जयजयकार गर्ने भक्तहरूले ख्याल गरे हुन्छ । हिजोका सहयोगी आज छैनन् । माओवादीको अस्तित्व पनि मेट्दै मेटाउँदै जाने काम भएको छ । नेत्र विक्रम चन्दको फूर्ति सकियो । खड्ग विश्वकर्मा जस्तो डलरवादीलाई लिएर क्रान्तिकारी भइँदैन । उनी २ पटक मन्त्री भए । कुनै गनिमत काम नगर्दाकै कारण २१ फागुन २०८२ को चुनावमा जनमत जफत भयो । चन्दको क्रान्तिकारी उग्रता जनताले पत्याएन । संघीयता, गणतन्त्रको संस्थागत सुधार नगरी माओवादी छिन्नभिन्न पार्ने नेत्रविक्रम चन्द, डा. बाबुराम भट्टराई, रामबहादुर थापा, जनार्दन शर्मा जस्ताले बोलेको अब जनताले सुन्दैनन् । ओली जस्ता तानाशाहीका कुरा उनकै दास र दलालहरूले नसुन्ने भएको बेला बालेन्द्र शाहको तानाशाही चम्कदैछ । यसको कारण ओली हुन् । गणतन्त्रबाट जनताले गरिबीबाट मुक्ति पायो कि स्वास्थ्य, शिक्षा, रोजगारी पायो ? गणतन्त्रको सिङ जुरो आउँदैन अब । व्यवस्थाका नाममा लुटाहा चम्केको फल हो बालेनतन्त्र ।
विकृति र बेथितिका महानायक केपी ओलीले नेकपा फुटाएर संसदको २ तिहाईमाथि प्रहार गरे । वामपन्थी गठबन्धन तोडेर रातारात काँग्रेसी भ्रष्ट समूहसँग भ्रष्टाचारको छानविन नगर्ने शर्तमा सत्ता गठबन्धन गरी प्रधानमन्त्री भए । देशमा भ्रष्टाचार, दलाली, कमिशन विना कतै केही काम नहुने शासन चलाए । जेनजी पुस्ताले पारदर्शीता खोजेको हो । त्यही बेला शंकर पोखरेल जस्ता ढोंगी दुई दलीय संरचनाका व्याख्याता भए । सहयात्रीमाथि उनीहरूले नै अत्याचार गराए । अझै पनि वापमनथी एकताको कुरा गर्दै जनता ढाँट्न यी ढोंगीहरू तयारी गर्दैछन् । यिनैले देखाएको बाटोमा रास्वपाको बालेन्द्र पथ हिँडिरहेको हो । राज खान्दानीलाई मान र सम्मान पार्टी भित्रै भएन । त्यसपछि प्रचण्ड नाउको कथित क्रमभंगवादीलाई फस्ल्याङ फुस्लुङ पारेर वापमन्थी सहकार्यको स्वर जगाइएको हो । ओलीलाई अगाडि बढाएर एमाले अब उँभो लाग्दैन । वापमन्थी आन्दोलनले नाम लिन मान्दैन ।
२०८३ आश्विन २८
ताजा नेपाल
२०८३ आश्विन २८
ताजा नेपाल
२०८३ आश्विन २८
ताजा नेपाल