Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अमित शाहसँग भेट गर्ने पहिलो विदेशी राजनीतिक नेता बने रवि लामिछाने

भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच मंगलबार नयाँदिल्लीमा भेटवार्ता भएको छ। शाहले कुनै विदेशी राजनीतिक दलका प्रमुखसँग गरेको यो पहिलो औपचारिक भेट भएको बताइएको छ।

भारतीय राजनीतिमा भाजपाका राष्ट्रिय महासचिव, राष्ट्रिय अध्यक्ष तथा पछिल्लो सात वर्षदेखि गृहमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका शाहले यसअघि कुनै विदेशी दलका अध्यक्षसँग भेटवार्ता गरेका थिएनन्। उनले पार्टी अध्यक्ष वा गृहमन्त्रीका रूपमा विदेश भ्रमणसमेत नगरेको उल्लेख गरिएको छ।

भेटका क्रममा शाहले लामिछानेलाई निर्वाचनमा प्राप्त सफलता र राजनीतिक उपलब्धिका लागि बधाई दिँदै नयाँ सरकारको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए। दुवै नेताले नेपाल–भारत सम्बन्धलाई अझ मजबुत, विश्वासिलो र प्रभावकारी बनाउन सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

लामिछानेले भेटका अवसरमा शाहलाई अष्टचिरञ्जीवीलगायत नेपाली सांस्कृतिक महत्वका विभिन्न उपहारसमेत प्रदान गरेका थिए।

यसअघि लामिछानेले भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीन तथा भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग पनि भेटवार्ता गरिसकेका छन्।

भाजपाको निमन्त्रणामा सोमबार भारत पुगेका लामिछानेले उच्चस्तरीय राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन्। उनको भ्रमण जेठ २२ गतेसम्म जारी रहने कार्यक्रम छ।

भ्रमणका सम्पूर्ण कार्यक्रमहरूको समन्वय नयाँदिल्लीस्थित नेपाली दूतावासले गरिरहेको छ। भ्रमणका क्रममा लामिछानेले अयोध्याको समेत भ्रमण गर्ने कार्यतालिका रहेको छ।

लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्य, सचिवालय सदस्य दीपक बोहरा तथा स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन्।


सम्बन्धित समाचार

गृहमा सुधनको पुनरागमनको चर्चा

२०८३ जेष्ठ २४

ताजा नेपाल

इन्डियामा साङ्लाहरूको तहल्का

२०८३ जेष्ठ २४

ताजा नेपाल