Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अमेरिकामा थप चार जनाको मृत्यु

एजेन्सी । संयुक्त राज्य अमेरिकाको वासिङ्टनमा कोरोनाभाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ यसको संक्रमणबाट मर्नेको सङ्ख्या ६ पुगेको छ । कोभिड–१९ बाट अमेरिकामा ज्यान गुमाउने यी पहिलो केसहरु हुन् । संक्रमण फैलिएपछि वासिङ्टनले राज्यमा आपत्कालको घोषणा गरिसकेको छ । ज्यना गुमाउने ६ मध्ये पाँच जना किङ्ग काउन्टीका रहेका छन् । सो क्षेत्रमा हालसम्म १८ जनामा यस रोगको संक्रमण देखिएको छ । यसको संक्रमण अझै फैलन सक्ने त्रास फैलिएको छ । वासिङ्टनमा भएका पहिलो दुई मृत्युको अनुसन्धान गरिरहेका विज्ञहरुले हप्तौँदेखि भाइरस फैलिरहेको हुनसक्ने र यसबाट १५ सयभन्दा बढी प्रभावित भइरसकेको हुनुपर्ने अनुमान गरेका छन् ।
वासिङ्टनको स्वास्थ्य अधिकारी केथी लोफीका अनुसार अहिले वासिङ्टनका दुई काउन्टी किङ र स्नोहोमिसमा भाइरसको संक्रमण ‘सक्रिय’ रुपमा फैलिरहेको देखिएको छ । अन्य ठाउँमा पनि भाइरसको संक्रमण फैलिरहेको हुनसक्ने उनले बताएकी छन् । किङ्ग काउन्टीमा देखिएका १४ मध्ये ८ र चार मृत्यु एउटा केयर सेन्टरसँग सम्बध रहेको छ । मृत्यु हुने सबै बृद्ध र पहिल्यै स्वास्थमा समस्या रहेकाहरु छन् ।
कोरोनाभाइरसको संक्रमण भएका रोगीहरुलाई आइसोलेसनमा राख्न त्यहाँ एउटा होटल नै किन्ने तयारी भइरहेको छ । यो हप्ता अमेरिकामा तीव्र रुपमा कोरोनाभाइरसका रोगीहरुको सङ्ख्या बढेको छ । अहिलेसम्म देशमा आधिकारिकरुपमा ९१ जनामा यसको संक्रमण देखिएको छ । वासिङ्टन, क्यालिफोर्निया र ओरेगनमा कोरानाप्रभावित क्षेत्रमा यात्रा नगरेका र त्यस्तो क्षेत्रमा यात्रा गरेर आएकाहरुसँग सम्पर्कमा नरहेकामा पनि कोरोनाभाइरसको संक्रमण देखिएपछि स्वास्थ्य अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।


सम्बन्धित समाचार