Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अमेरिकामा नृत्य निर्देशक संघको शाखा गठन

काठमाडौं ४ बैशाख । देशमा आफ्नो संघको शाखा बिस्तारलाई तिब्रता दिइरहेको नृत्य निर्देशक संघ नेपालले अमेरिकाको डिसी महानगर क्षेत्रमा शाखा गठन गरेको छ । अमेरिकाको डिसी महानगर क्षेत्रमा संचालन हँुदै आएको केसी डान्स सेन्टरका संचालक तथा निर्देशक नवीन केसीको अध्यक्षतामा नृत्य निर्देशक संघ नेपाल शाखा गठन गरिएको हो । संघका केन्द्रीय उपाध्यक्ष शम्भु शाही र केन्द्रीय सदस्य सृजना श्रेष्ठको उपस्थितिमा गठन गरिएको संघको शाखामा उपाध्यक्ष केसी डान्स सेन्टरका संचालिका एवं निर्देशक लुना श्रेष्ठ, सचिवमा मनिधन राई, कोषाध्यक्षमा सिम्रन शाही र सल्लाहकारमा नृत्य निर्देशक यज्ञमान शाक्य रहेका छन् । २०७३ सालमा स्थापना भएको नृत्य निर्देशक संघ नेपालको केन्द्रीय कार्यालय काठमाडौँ चाहबेलमा रहेको छ भने संघका वर्तमान केन्द्रिय अध्यक्षमा वरिष्ठ नृत्य निर्देशक भुवन दास श्रेष्ठ हुनुहुन्छ ।