Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अमेरिकामा २० हजार बढीले ज्यान गुमाए

एजेन्सी । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा आइतबार विहान समाचार तयार पार्दासम्म १ हजार ८३० बढीले जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या २० हजार ५७७ पुगेको छ । अमेरिकामा एकैदिन २९ हजार ९७९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५ लाख ३२ हजार ८५५ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ३० हजार ४५३ जना उपचारपछि निको भएका छन् । ११ हजार ४७१ जनाको अवस्था गम्भीर रहेको छ । ४ लाख ८१ हजार ८२५ जना उपचाररत छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो । यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म १ लाख ८ हजार ७७० जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १७ लाख ७८ हजार ९ सय भन्दा बढी रहेको छ ।


सम्बन्धित समाचार