Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अमेरिकी पाहुनाको भ्याइनभ्याइ दौडधूप

काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज ९शुक्रबार० उच्च स्तरीय भेटवार्ता गर्दै छन्। बिहीबार अपराह्न काठमाडौं आइपुगेका उनले आज प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा। नारायण खड्कालाई भेट्ने कार्यक्रम छ। प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अनिश्चित बनेका बेला वरिष्ठ अमेरिकी अधिकारी लु भारतको नयाँदिल्ली हुँदै बिहीबार नेपाल आइपुगेका हुन्। काठमाडौंस्थित अमेरिकी दूतावासले लु यस क्षेत्रको नियमित भ्रमणको सिलसिलामा नेपाल आएको जनाएको छ।