Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अरिगाल र छौडा को घेरा तोड

प्रधानमन्त्रीका कुरा जनप्रिय छन् । उनमा बेइमानी छैन भने गुटको घेरा मात्र होइन अरिगाल र छौडाहरुको घेरा पनि तोड्नु पर्दछ । अब उदारो योजना र हावादारी संवृद्धिको अर्थ छैन। जनतालाई एक पटक ढाँट्न सकिन्छ । पाटी सिद्धान्त र नितीमा चल्नु पर्दछ । सरकार पाटी ले दिएको निर्देशन र कार्यदिशामा सन्चालन हुनु पर्दछ । विधि र प्रकृया सिद्धान्त र विचार जुन सुकै पाटीका निमीत्त पनि आवश्यक पर्ने दस्तावेज हुन् । प्रशासनलाई कानुनले परिचालन गर्नेहो । झुटो कुरा एक छिनका निमीत्त फाइदाँ भएपनि त्यसले दिर्घकालीन असर गर्दछ ।
सरकारले इमान्दार पुर्वक काम गरेको भए श्रमजिवी वर्ग भोकभोकै सडकमा हिडनु पर्ने थिएन । तिन तहका सरकारहरुले एकीकृत रुपमा देश र जनताको पक्षमा निर्णय लिएको भए भोकमरीेले गरीव मर्ने थिएन । भाषण त प्रधानमन्त्रीका जनप्रिय छन् । उनका भाषणले भोट बटल्न सहज होला । चुनाव हरेक पाचँ वर्षमा आउछ । अगाडीका भनाई र सत्तामा रहदाँको काम गराई जनताले मुल्याँकन गर्न सक्ने भईसक्यो। यो मुलुक दाताले दिएको राहत र घर निर्माणका लागी पाएको रकम जनता समक्ष समयमा नदिने भनेर परिचित छ । खान सक्नेहरुका निमीत्त हरेक वर्ष एक न एक राष्ट्रिय विपती आई लागेको छ । यस पटक कोरोना कहर बाट विश्व आतंकित छ । गाउँमा झाडापखला लाग्दा जिवन जलको समेत उचित व्यस्थापन समयमा गर्न नसक्ने सरकारलाई कोरोना जस्तो सबैतिर सर्तक हुनु पर्ने रोग नियन्त्रण गर्न कठिनाई हुनु असमान्य कुरा हो ।
श्रमिक वर्ग घरमा थुनिएको छ र शासक वर्ग सिंहदरबारको मालिक बनेर देशको सम्पतिमा मस्ती गरीरहेको छ । पाटी छ त्यसको बैठक बस्दैन नेता छन् तिनले जनताको समस्या बुझ्दैनन् प्रशासन छ दैनिक जिवनका गतिविधि थाहाँ पाउदैन जताततै भद्रगोल अवस्थामा राखेर हुन्छ कसरी विकास आउँछ कसरी संद्धृदि । ६० प्रतिशत जनमत कम्युनिष्ट पाटीको भएपनि त्यसका संन्चालकहरुको नियत सफा नभएपछि विश्वासको खाडल बढ्दछ । यस पटक यो स्थिती सृर्जना गरियो जहाँ श्रमजिवी वर्ग र मजदुर वर्ग पिडीत बन्न पुग्यो । कुनै पनि निर्णय गर्दा सामुहिकतालाई लत्याउने अहंकार देखाउने दम्ब प्रदर्शन गर्ने भएपछि सरकारका काम ले पाटीको अपनत्व पाउन सक्दैन। यो सत्य थाहाँ पाएर पनि प्रधान मन्त्री केपी ओली गुटको घेरामा रमाई रहेका छन् ।कारोना विरुद्ध तिन तहको सरकार र पाटी एक जुट हुन सकेको देखिएन । समयले एक पटक मुर्खहरुलाई पनि शिक्षा दिलाउँछ ।यस पटक प्रधानमन्त्री केपी ओली र नेकपाको नेतृत्वलाई आफ्नै असक्षमता अहंकार र असफलताको समिक्षा गर्नु पर्ने वाध्यता आएको छ ।
राष्ट्रियताको सबालमा सबै पाटी एक जुट भएका छन् ।संविधान संसोधन, अतिक्रमीत भुमी फिर्ता, विश्वव्यापी फैलीएको कोरोना विरुद्धको लडाई मात्र होइन आन्तरिक गडबढी सुधार गर्नु पर्ने समयको माग हो । जो गरिबी र अभावले पिडीत छ । त्यसले श्रमकोे त कुरै छाडौ स्थानीय तहले दिलाएको राहत समेत सम्मान पुर्वक पाएन । नेकपा को नेतृव्व ले समयमा आफ्ना कार्यकर्ता र पाटी तहलाई निर्देशन गरेको भए हातमा ब्रास्लेट घाटीमा सिक्री लगाएका धम्पुसहरु राहतको चामल बोक्न अग्रसर हुने थिएनन् । सिंहदरबार त टाढा छैन काठमाण्डौ भित्र गरिबका नाउँमा अमिरहरुले देखाएको दरिद्रता प्रति राज्य संचालकहरु सचेत हुन नसक्नुको परिणाम नै यस्ता विकृतिहरु बढने गर्छन् ।यही हो राजनितीमा नैतिकता र व्यवहारिकताको जाँच गरिने ।वर्तमान सरकार र संसदले विचार पुर्याउने समय आएको छ । अब जोक्कर बनेर भाषण गर्ने दिन गए ?