Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नेकपा एमालेको नेतृत्व एकलब्य भएको छ । अध्यक्ष केपि ओली एक्ला बादशाहा बनेका छन् । उनले दल विभाजनको अध्यादेश ल्याएर तत्कालीन जनता समाजवादी दललाई विभाजन गर्न खोज्दा तत्कालीन पार्टी नेतृत्वले रोक्यो । आफैले खनेको खाडलमा पर्ने कुरा यीनले सोचेनन् । समयले ओलीको अहंकारी स्वभावमाथि प्रहार गर्याे । ओलीले भंग गरेको संसद दुई पटक सर्वाेच्चले पूर्नस्थापना गर्याे । राष्ट्रपति विद्या भण्डारी र केपिको शासन लोकतन्त्रप्रति भन्दा अध्यादेश प्रति लत्रेको थियो । लोकतन्त्रको धज्जी उठाउन विद्या भण्डारी र केपि ओलीका कुकर्मले बदनामी कमाएकै हुन् । संसदीय सर्वाेच्चता मुखले भन्ने व्यवहारमा निरकुंश हुने ओली चरित्रको शिकार अहिले संसद भएको छ ।
निर्वाचन आयोगले दलगत मान्यता दिदा नेकपा समाजवादी बन्यो । संसद सचिवालयले आयोगको पत्र स्वीकारेर दलगत मान्यता दिदा एमालेले संसदमा अवरोध गरी रहेको छ । एमालेले १४ जनालाई संसदबाट हटाउने निर्णय गर्नु अगाडि आफैले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशतिर ध्यान दिएकै छैन । ओलीलाई नेकपाको दुई तिहाई निकटको सरकार पचेन । स्पष्ट बहुमत पनि त्यहाँ थियो । त्यो पनि पचेन । उपेन्द्र यादवको पार्टी फुटाएर बहादुरी देखाउन पूर्व आईजीपी देखि आफ्नै पार्टीका बदनाम सांसदहरुलाई अपहरण गर्न खटाउने ओली राज राष्ट्रपति विद्याका लािग कति जनवादी लाग्यो ? अहिले १४ जना सांसदको विषयले संसद अवरोध गर्दा एमाले कसरी परिवर्तनकारी हुन्छ ? जबकी संसदमा परिवर्तनका एजेण्डा अनुसार कानून बन्नु पर्ने, विधेयक अधिवेशन चल्न नदिएर एमालेले देखाउने बहादुरीबाट जनताले के सिक्छ ? कार्यकर्ताले के पाउँछ ? स्वार्थको कुरा भन्दा अरु कुरा गर्न केपि ओलीलाई आउदैन ? के एमालेका कानून विज्ञ सुभाष नेवाङ्ग अग्नी खरेलहरुको कानूनले संसद अवरोध गर्नु नै कानूनी बाटो देखेका हुन् ?
लोकतन्त्र विरोधी भएर लोकतान्त्रिक सत्तामा ४१ महिना एकलौटी निरंकुश शासन चलाएका केपि ओली राजतन्त्रलाई हटाउन खोज्नु वयलगाढा चढेर अमेरिका गएजस्तै हो भन्ने पात्र थिए । अोलीले महाकालीको राष्ट्रघातमा समेत १२ खर्ब १२ अर्ब नेपालले हर्ेक वर्ष पाउँछ भन्दै गर्दा भारतीय सेवा गरेर स्वार्थभन्दा बढी के गरे ? कहाँ गयो १२ खर्ब १२ अर्ब ? कसरी बन्छ बालकोटमा दरबार ? जसका सन्तान छैनन् उसैलाई बादशाहा बन्न रुचि जगाउने कुन नक्षेत्र परेछ । महाकालीको राष्ट्रघात अहिले सम्म चुडिएको छैन । ओलीको सत्ता कालमा समेत सन्धिमाउल्लेख भएका विषयले ठाँउ पाएनन् । तर उनी आफूलाई राष्ट्रवादी भन्न पछि परेनन् । मुलुकमा तीन तहका सरकार छन् । संघिय संसदले कानून बनाएर दिन नसक्दा मुलुकको परिवर्तन यथास्थितीमा रमाएको बेला काँग्रेसको नेतृत्व शेर बहादुर देउवाकै काँधमा आएको छ । देउवा परिवर्तनमा पक्षधर बनेका छन् । माओवादीका एजेण्डा मुन्टीएर समर्थन गर्दा एमालेका ल्न्इ र क्ष्ल्न्इ का भक्तहरुले पनि खुसीयाली मनाएकै हुन् । संसदको गतिविधि बन्धक बनाउने हो भने देश अध्यादेशबाट चल्छ भन्ने कुरा सिकाउने उनै ओली हुन् । एमालेका केपि ओली संविधान विपरीत संसद भंग गरेर अध्यादेशबाट बजेट ल्याउने परिवर्तनकारी हुन् भने उनैले स्थापित गरेको बाटो संसदमा बहुमत प्राप्त सरकारले लिनु नौलो भएन ।
संसदीय सर्वाेच्चताको विरुद्ध लाग्ने ओलीको चाहना पूरा गर्दा राष्ट्रियसभाको निर्वाचनमा त्यो पार्टीका पराजीत हुने उम्मेद्वारले कसरी मैदानमा उभ्याउछन् आफूलाई ! ओलीका लागि ४१ महिना भरको लुटबाट संकलित ढुकुटी होला नारायणी किनारमा ओलीको एकल फोटो प्रदर्शनले जनताको बहुदलीय जनवाद रक्षा गर्याे कि कम्युनिष्टको नाम भजाएर जनतालाई अझै मूर्गा बनाउन सकन्छ भन्ने निष्कर्ष निकाल्यो ? त्यहाँ अरु सबै दाश छन् तर भिम रावलको विद्रोहले सच्च एमालेहरुलाई काउकुती लागेको हुनुपर्छ । यही स्थितीले एमालेलाई चलाउदा काँग्रेसभन्दा फरक हुदैन ।
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल