Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्र थप संकटमा नजाओस् भनेर सरकार सजक रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा भइरहेको नेपाल–जर्मन उद्योग वाणिज्य संघको २९ औं साधारणसभामा उनले यस्तो बताएका हुन् । उनले अहिले अर्थतन्त्र अफ्ट्यारो अवस्थामा भएको र त्यसको लागि आफु आएको बताए । एक दिन अवश्य अर्थतन्त्र लयमा फर्कने छ, त्यसको लागि हामी लागि रहेका छौं, उनले भने, यसको लागि सबैले सहकार्य गर्नुपर्छ ।
यस्तै, उनले निजि क्षेत्रको सल्लाह सुझावलाई मध्यनजर सरकार अगाडी बढ्जने बताए । सरकार र निजि क्षेत्रसँगसँगै अगाडि बढ्दै गए मात्र अर्थतन्त्र चलायमान हुन सक्ने उनको भनाइ छ । निजी क्षेत्रले उद्योग बन्द गर्न हैन, उत्पादन बृदिमा लाग्नु पर्छ । जसले रोजगारि सिर्जना लागायका कुरामा मदत गर्छ । अर्थमन्त्री शर्माले छोटो समयमा सबै कुरा राम्रोसँग समेटेर बजेट ल्याउनु पर्ने अवस्था रहेको र त्यसको लागि बजेट कमिटी पनि गठन भइसकेको बताएका छन् ।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल