Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयको निरीक्षण गरेका छन्।
महतले राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न कर्मचारीलाई निर्देशन दिएका छन्। सेवाग्राही माझ सहज रुपमा प्रस्तुत हुन र व्यक्तिगत फाइदा नहेर्न अनुरोध गर्दै महतले निर्देशन दिए।
‘कर्तव्यबाट पन्छिने छुट हामी कसैलाई छैन, जिम्मेवारी जे छ त्यसैमा कर्तव्यनिष्ठ भएर काम गर्नु होला। अहिले बजेटले करका दायरा फराकिलो बनाएको छ, यसमा तपाईंहरुले सेवाग्राहीलाई राम्रोसँग बुझाउनुपर्छ, मूल्य अभिवृद्धि कर राजस्वको महत्त्वपूर्ण पक्ष हो तरकारी फलफूलको आयातमा मात्र कर लाग्छ,’ महतले भने, ‘आम उपभोक्तालाई मूल्यअभिवृद्धि करको बारेमा बुझाउन जरुरी छ। म राम्रो काम गर्न आएको हुँ, तपाईंहरुले पनि राम्रो काम गरिरहनु भएको छ र अझै राम्रो काम गर्नु होला। आम नागरिकलाई दुःख दिने काम नगर्नु होला।’
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल