Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अलपत्र परेकाहरुको रक्षा गर्न सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले लकडाउनका कारण राजधानी लगायतका स्थानमा अलपत्र परेर गाउँ जाने क्रममा बाटामा अलपत्र परेकाहरुको मानवअधिकार रक्षाका लागि सरकारलाई निर्देशन दिएको छ । आयोगले श्रमिक वर्ग, बिरामी र सिमान्तकृतलाई तत्काल उचित राहतको व्यवस्था गरी उनीहरूको बाच्न पाउने मानव अधिकारको रक्षा गर्न सरकारलाई निर्देशन दिएको हो । शुक्रबार विज्ञप्ति जारी गर्दै आयोगले असंगठित रूपमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुर, सिमान्तकृत र उपचारका लागि हिँडेका बिरामीसहित हजारौं जना घर फर्कने क्रममा बाटामा अलपत्र परिरहेको अनुगमनका क्रममा पाइएको भन्दै उनीहरुको अधिकार रक्षा हुनुपर्ने बताएको हो ।
संविधानमा प्रत्याभूत प्रत्येक व्यक्तिको खाद्य तथा बाँच्न पाउने अधिकारको सम्मान गरी अलपत्र नागरिकहको मानव अधिकारको रक्षा गर्न संघ, प्रदेश सरकार र स्थानीय तहहरूलाई आयोगले निर्देशन दिएको हो ।


सम्बन्धित समाचार