Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अष्टले नमान्दा अध्यक्षलाई कष्ट, राजधानीमा एकालेको तयारी

काठमाडौं । सत्ता गठबन्धनमा भाँडभैलो भइरहँदा एमालेको चुनावी अभियान जारी छ । चुनावी राजनीति नगर्ने भन्दै पार्टीको काम मात्र गर्ने भनेर पन्छिएकी एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यमाथि मंसिर ४ को चुनावका लागि उम्मेदवार बन्न दबाब बढेको छ । शाक्यलाई अध्यक्ष केपी शर्मा ओलीले चुनाव नलड्ने निर्णय पुनर्विचार गर्न भन्दै टिकट लिन आग्रह गरेका हुन् । शाक्यलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित काठमाडौंका एमाले अध्यक्ष दीपक निरौलासहितको टोलीले पनि चुनाव लड्न आग्रह गरेको छ । तर शाक्यले भने अब नयाँलाई पालो दिने भन्दै आफू चुनाव नलड्ने अडान कायमै राखेकी छन् । शाक्यले आफूलाई चुनाव लड्नका लागि पार्टीबाट आग्रह आएको बताइन् ।
शाक्यलाई काठमाडौं ८ बाट प्रतिनिधिसभाको उम्मेदवार बनाउन एमाले पङ्क्ति तयार छ । काठमाडौंका १० क्षेत्रमा लगभग उम्मेदवारको टुंगो लागे पनि दसैँभरि अध्यक्षले अध्ययन गर्ने भनिएको छ । एमाले स्रोतका अनुसार काठमाडौंका १० क्षेत्रमा यी नाममाथि अध्ययन भइरहेको छ । युवा संघ अध्यक्ष किरण पौडेल क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने सम्भावना छ ।

क्षेत्र नम्बर १ः किरण पौडेल, रूपनारायण श्रेष्ठमध्ये एक

क्षेत्र नम्बर २ः मणिराम फुयाँल टुङ्गिएको

क्षेत्र नम्बर ३ः कृष्ण राई टुङ्गिएको

क्षेत्र नम्बर ४ः डा राजन भट्टराई टुङ्गिएको

क्षेत्र नम्बर ५ः ईश्वर पोखरेल टुङ्गिएको

क्षेत्र नम्बर ६ः सर्वेन्द्र खनाल, योगेन्द्र संग्रौला, अनीश मास्के मध्ये एक

क्षेत्र नम्बर ७ः विद्यासुन्दर शाक्य

क्षेत्र नम्बर ८ः अष्टलक्ष्मीलाई मनाउने प्रयास नत्र राजेश शाक्य

क्षेत्र नम्बर ९ः कृष्णगोपाल श्रेष्ठ

क्षेत्र नम्बर १०ः रमेश महर्जन, सुरेन्द्र मानन्धरमध्ये एक