Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अस्पतालमा राज्यमन्त्रीको अनुगमन

काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले देशका ठूला निजी अस्पताललाई कोभिड अस्पताल बनाउनुपर्ने बताएका छन् । काठमाडौंको बालाजुस्थित जनमैत्री अस्पतालको आइतबार अनुगमन गर्दै राज्यमन्त्री मानन्धरले कोरोना संक्रमितको संख्या बढेर अस्पतालमा बेड अभाव भइरहेका बेला ठूला निजी अस्पताललाई कोभिड अस्पताल बनाउनुपर्ने बताएका हुन् । ती अस्पतालमा कोरोनाका बिरामीको उपचारमा लाग्ने आवश्यक आर्थिक तथा प्राविधिक सहयोग सरकारले गर्ने उनले बताएका छन् । राज्मन्त्री मानन्धरले सरकारले अक्सिजनको अभाव हुन नदिन र महामारी नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गरिरहेको दाबी गरे । कोरोना महामारीमा अत्यावश्यक पर्ने अक्सिजन अभाव हुन नदिन सरकारले गम्भीर रुपमा काम गरिरहेको उनको भनाइ छ । अहिलेको विशेष परिस्थितिमा स्वास्थ्य क्षेत्रमा अक्सिजन अत्यावश्यक रहेको हुँदा अन्य क्षेत्रमा यसको खपत नगर्न उनले उद्योगी व्यवसायीलाई आग्रह पनि गरेका छन् । जनमैत्री अस्पतालमा आइतबारदेखि ३० बेडको कोरोना अस्पताल सञ्चालन भएको हो । केही दिनभित्र ४० बेडको सघन उपचार कक्षसहित १२० बेड सञ्चालनमा ल्याइने अस्पतालका निर्देशक उमेश पाण्डेले जानकारी दिएका छन् । गत वर्ष महामारीमा भदौदेखि पुससम्म कोभिड बिरामीको उपचार गरेर अस्पताल पुनः बन्द भएको थियो ।यहि अस्पताललाई पत्रकार रबि लामिछानेको समूहले आर्थिक स्थिति कमजोर भएका कोरोना संक्रमितहरुको उपचारको निम्ति प्रयोग गर्ने बताएको छ । यो समूहले प्रतिव्यक्ति दाताहरुबाट न्यूनतम रु १९ रुपैया सहयोग सोरुप संकलन गरि कोरोना प्रभावित जनताको सेवा गर्ने घोषणा गरेको छ ।


सम्बन्धित समाचार