Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अहिलेको लडाइँ पद र व्यक्तिको लागि होइन : प्रचण्ड

 

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विभाजनपछि एकले अर्कामाथि आरोप प्रत्यारोप गर्नेक्रम जारी रहेको छ । यही बेला नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले ओली समूहको भेलालाई ‘पञ्चर्‍याली’को संज्ञा दिएका छन । उनले भने, मैले त भन्ने गरेकै छु, सामान्तहरुले आयोजना गर्ने पञ्चर्‍यालीमा देशभरीबाट लाखौं मान्छे जुटाउने गरेको देखेकै हो ।

०४६ सालको आन्दोलनको ठिक्क अगाडि कता कता पञ्चर्‍याली हुन्थेँ ?,’ उनले भने, खालि मान्छे देखिएका छन् भन्ने मात्र होइन, सत्य कस्का पक्षमा छ । लोकतन्त्रको पक्षमा साँच्चै को छ र छैन भन्ने हो, मान्छेका टाउका कति छन् भन्ने मुख्य कुरा होइन । उनले आफूहरु प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनका विरुद्ध सडकमा उत्रिएको बताएका छन् । उनले नेकपाभित्र देखिएको अहिलेको स्थिति पद र व्यक्तिको लडाइँ नभइ प्रतिगमनविरुद्धको लडाइँ भएको बताए । कांग्रेस, जनता समाजवादी पार्टी सबै सडकमै छन्, उनीहरु प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक भनिरहेकै छन्, उनले भने, यदि कम्युनिस्ट पार्टी भित्रको व्यक्ति र पदको लडाइँ हुन्थ्यो भने केपी गुट बाहेकका सबै किन विरोधमा हुन्थे।


सम्बन्धित समाचार

सीमा प्रहरीको काम खोज्दै गृहमन्त्री

२०८३ श्रावण १४

ताजा नेपाल

सरकारी अराजकतामा रवि दर्शक

२०८३ श्रावण १४

ताजा नेपाल

कहाँ बाँकी भयो अब हस्तक्षेप !

२०८३ श्रावण १४

ताजा नेपाल