Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आइएमई लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले असार २१ गतेदेखि निष्काशन खुला गरेको आईपीओ भर्ने आज अन्तिम दिन हो ।
आज कार्यालय समयभित्र आईपीओ भर्न पाइने कम्पनीले जानकारी दिएको छ ।
६ लाख कित्ता सामुहिक लगानी कोषका लागि, ६ लाख कित्ता कम्पनीका कर्मचारीहरुको लागि छुटाएर बाँकी रहेको ९६ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि निष्काशन खुला गरिएको र्नबिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले जनाएको छ ।
सर्वसाधारणका लागि छुट्याइएको आईपीओ ९ लाख ६० हजारले १०,१० कित्ताका दरले पाउने छन् ।
यसअघि असार १ गतेदेखि १५ गतेसम्म बैदेशिक रोजगारीमा रहेकाहरुको लागि १२ लाख कित्ता आईपीओ निष्काशन खुला गरेको थियो ।
कम्पनीले प्रिमियम मूल्यसहित प्रतिकित्ता रु. २३६.९१ मा १ अर्ब २० करोड रुपियाँ बराबरको १ करोड २० लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।


सम्बन्धित समाचार

आजबाट धरहरा चढ्दा २०० लाग्ने

२०८१ मंसिर ९

ताजा नेपाल

रविको म्याद चौथो पटक थपिँदै

२०८१ मंसिर ९

ताजा नेपाल