Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नयाँ वर्षको चमक भन्दा पनि राजनीतिक दाउपेचले फैलिएको दुर्गन्ध छल्दै दुवै फौजी समूहका आईजीपीले सेवा काल त्याग्ने बेला वैशाखमै परेको छ । कानुनको कुरा भगवान जानुन् भने जस्तै चुनावी मोहमा डुबेको शासक पक्षले जेठको समयलाई ख्याल ग¥यो तर असार र असोजमा पनि चुनाव भएको कुरालाई ख्याल गरेन । ती जनप्रतिनिधिको म्याद बाँकी छ भन्ने सोचेनन् । सुरक्षा फौजको जंगी कानुन जस्तै एमसीसी र चुनावको सम्बन्धमा प्रम देउवा र प्रमुख प्रतिपक्षी मिलेका छन् । गठबन्धनभित्र कतिपय कुरा प्रमले लुकाउँदा विवाद पनि भएको छ ।
आफ्नो कार्यकाल विवादरहित भए पनि बालुवाटर र गृहले दिएको आदेश आनकानी नगरी योग्यता, क्षमता, कार्यकुशलता भन्दा राजनीतिक स्वार्थको पालना गरेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीपीहरुले एक महिना पहिले विदामा बसेर भावि नेतृत्वलाई जिम्मेवारी सुम्पेलान् वा अन्तिमसम्म रहलान् ? प्रहरीभित्रै अनेक चर्चा चलिरहँदा ताजा नेपाललाई प्राप्त जानकारीअनुसार प्रहरी आईजीपी शैलेश थापा एक महिना अगावै बिदा बस्दैछन् । उनका विश्वाससिला सहयोगीहरु भन्छन्, उनी निट एन्ड क्लिन भएर प्रहरी सेवाबाट बाहिरिँदै छन् । उनका व्याजी एआईजी हरि पाल, प्रद्युम्न कार्कीदेखि डिआईजी बसन्त लामासम्मले एकै दिन अवकाश लिँदैछन् । प्रदेश प्रमुखमा रहेकाहरुले पनि चुनावी माहोल आफूले तयार पार्ने भन्दा एक महिना अगाडि नै बिदा बसेर भावि पुस्तालाई कार्यक्रम निर्माण गर्न दिनु उचित हुने तर्क पनि नक्सालतिरका ठूला भवनहरु भित्रबाट आएको छ ।
सरकारले एकै दिन ७५३ स्थानीय तहको चुनाव गर्ने भन्दै छ । सुरक्षा शक्तिको पूर्व तयारी चुनावी माहोलको पहिलो अस्त्र हो । सुरक्षामा प्रहरी अगाडि सशस्त्र पछाडि हुन्छन् । आईजीपी शैलेश थापाले पदमै रहेर निर्वाचन तयारी गर्ने १८ वैशाखमा अनिवार्य अवकाश हुने स्थितिमा शंका उपशंकाको जालमा फस्नु भन्दा एक महिना अगावै बिदामा बस्न उचित छ भन्ने जनमत पनि नक्सालमा ठूलो थियो । त्यहाँ नयाँ ३ जना एआईजी बन्न पाउने भाग्यमानीहरुलाई भने आईजीपी शैलेशले फूलि लगाउने निश्चित छ । तीन जना डिआईजीको पदमा पुग्न पुराना मध्येका ५ एसएसपी भित्रबाट छनोट हुन्छन् वा कार्यक्षमतामा सवल समूहलाई एउटै डालोमा राखेर गोला प्रथा पो अपनाइन्छ कि निश्चित छैन । नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैतिर अहिले आईजीका प्रतिस्पर्धीमा चेक एन्ड ब्यालेन्सको अवस्था छ । प्रहरी एआईजीको वरिष्ठतामा विश्वराज पोखरेल, सहकुल भन्दा एक वर्ष अगाडि एआईजी भएका छन् भने सशस्त्रमा शैलेन्द्र खनालपछि २१ दिने आईजीपी बन्न पुष्पराम केसी र रामशरण पौडेल दुवै तयार छन् । तर पाउने एउटैले हो ।
त्यहाँ २१ दिनेपछि आईजीपीका प्रतिस्पर्धी नारायणदत्त पौडेल र राजु अर्याल हुन्, गफाडी सिपी गौतम, बदनाम पात्र हुन् । फौजी समूहमा एक महिना अगावै छुट्टी लिएर भाविपुस्तालाई नेतृत्व गर्न सिकाउनु भनेको त्यो संरचना विचलित नहोस् भन्ने हो । एक महिनादेखि प्रमुखको भूमिकामा रहेको नेतृत्वलाई चेन अफ कमाण्डको निरन्तरता जस्तै हुन्छ । नेपाल प्रहरीको बिगतको नेतृत्वले शैलेश थापाले अपनाएको शैली स्वीकारेको थिएन । त्यो बेला दलीय लडाईं चेपुवामा प्रहरी थियो । अहिले पनि त्यस्तै नभए पनि शंका अनेक गरिँदैछ । डिआईजीबाट एआईजी बन्ने धीरजप्रताप सिंह, उत्तम सुवेदी, रविन्द्र धानुकको नामै सिफारिश भयो भन्छन् धानुकलाई लुम्बिनी प्रदेश एमाले सत्ता काण्ड लगाइएको छ । तर उनी अर्थमन्त्री जनार्दन शर्माका प्रिय बनाइएका छन् । यो टोलीमा ईश्वर कार्की, प्रकाशजंग कार्की, बसन्त पन्त, घनश्याम अर्याल अरुण बिसी पनि शक्ति केन्द्र धाउनमै पर्छन् । उता सशस्त्रका आईजीपीको दिल्ली यात्राले त्यहाँ थप हुने एक एआईजी पदका बारेमा गृहमन्त्रालय वेखवर छ । खनाल महिनादिन अगावै बिदा बस्छन् या बस्दैनन् निश्चित छैन । अधिकार रेल्वे स्टेशन, भन्सार सीमा सुरक्षा, औद्योगिक क्षेत्र, कुटनीतिक नियोग र एयरपोर्टको दिने एआईजी दरबन्दी नथप्ने हो भने गृहमन्त्रीको मात्र होइन सरकारकै नियतमा शंका थपिन्छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल