Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आकस्मिक बिशेष रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । कोरोना भाईरस (कोभिड १९ ले) देशका सम्पूर्ण क्षेत्रमा नकारात्मक असार पुर्याउँदै लकडाउनू पश्चात केही समयको अन्तरालपछि शटडाउनको सामना गर्दै रक्त व्यवस्थापनलाई सहज र सरलका साथै प्रभावकारी सेवा प्रदान गर्न वर्तमान अवस्थामा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवम् स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा भक्तपुर उप महानगरपालिका स्थित न्यातापोल मन्दिर प्राङ्गणमा न्यातापोल कर्नर टिम र काठमाडौं महानगरपालिका स्थित नेपाल स्वयंसेवी रक्तदाता समाज, ३० वडा नगर समिति र वातावरण मैत्री समाजको संयुक्त आयोजनामा दुई छुट्टाछुट्टै स्थानमा आकस्मिक बिशेष रक्तदान कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाज एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा रक्त संकलन थैली हस्तान्तरण गरि शुभारम्भ गर्नुभएको भक्तपुर उप महानगरपालिका स्थित न्यातापोल मन्दिरको प्राङ्गणमा न्यातापोल कर्नर टिमद्वारा आयोजित रक्तदान कार्यक्रमको सभापतित्व टिमका अध्यक्ष मुक्तिसुन्दर जधारीले गर्नुभएको थियो ।

महिला, पुरूष गरि ३८ जनाले रक्तदान गर्नुभएको सो कार्यक्रमको संयोजन नारायण प्रसाद गोराले गर्नु भएको थियो । कार्यक्रममा रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाताहरूलाई नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष कर्माचार्यले प्रमाण पत्र समेत बितरण गर्नुभएको थियो । त्यसैगरी रमेश मिश्रको संयोजनमा काठमाडौं महानगरपालिका ३० वडा मैतिदेवीमा आयोजित रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गर्नुभएको सो कार्यक्रमको सभापतित्व नेपाल स्वयंसेवी रक्तदाता समाज, ३० नगर वडा समितिका अध्यक्ष श्याम मुनिकारले गर्नुभएको थियो । कार्यक्रममा रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाताहरूलाई नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवम् स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले प्रमाण पत्र समेत बितरण गर्नुभएको थियो ।