Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आगामी रणनीति बनाउँदै एमाले

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको संसदीय दलको बैठक बस्दै छ । आइतबार मध्यान्ह १२ बजे आफ्नो आगामी भूमिकाबारे रणनीति बनाउन दलको बैठक बस्न लागेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । आइतबार दिउँसो १ बजे प्रतिनिधिसभाको तेस्रो बैठक बस्दैछ । बैठक बस्नुअघि एमाले संसद दलको बैठक बस्न लागेको हो ।
भदौ २३ गतेबाट सुरु भएको संसद अधिवेशनमा एमालेले निरन्तर अवरोध गर्दै आएको छ । एमालेले संसद अवरुद्धको रणनीतिलाई केही परिमार्जन गरि यथावत राख्ने स्थायी कमिटीले निर्णय गरेको छ । प्रमुख प्रतिपक्षी एमालेमाथि सरकारलाई बलमिच्याइँ गरेकोले संसदीय दलको बैठकबाट आगामी रणनीति बनाउन लागिएको उनको भनाइ छ ।
भट्टराईका अनुसार सभामुख अग्निप्रसाद सापकोटाले एमाले विभाजनको निम्ति खेलेको भूमिका र संसदमा देखाएको व्यवहारको पनि बैठकमा गम्भीर समीक्षा हुने छ । सभामुखले समस्या समाधानमा चासो नदेखाएकाले भोलि संसदलाई कहाँ पुर्याउँछ भन्न नसकिने बताए । परिस्थितिलाई उत्तेजित बनाउने काम सत्तापक्ष र सभामुखबाट भएको उनले बताए । यद्यपि शुक्रबार केही सांसदले सभामुख र अर्थमन्त्रीमाथि आक्रमण प्रयास गर्ने सांसदलाई सचेत गराउने भट्टराईले बताए ।