Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
विहीबारबाट ‘एनआइसी एसिया फ्लेक्सी क्याप फन्ड को बिक्री खुला भएको छ। एनआइसी एसिया क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुने यस म्यूचुअल फन्डमा विहीबारबाट आवेदन दिन पाइनेछ।
यो ७ वर्षे बन्दमुखी योजनामा प्रति इकाइ १० रुपैयाँ अंकित दरमा कुल १० करोड इकाइ बिक्री गरिने भएको छ। योजनाको कुल इकाइमध्ये १५ प्रतिशतले हुन आउने १ करोड ५० लाख इकाइ कोष प्रवर्द्धक एनआइसी एसिया बैंकलाई राखेर ८ करोड ५० लाख कित्ता इकाइमा सर्वसाधरणले आवेदन दिन पाउने छन्।
कम्पनीका अनुसार इच्छुक लगानीकर्ताले अंकित मूल्य १० रुपैयाँका दरले न्यूनतम १०० र अधिकतम १ करोड कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन छिटोमा जेठ २४ र ढिलोमा असार २ गतेसम्म आवेदन दिन सकिन्छ। लगानीकर्ताले सबै बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयर सफ्टवेयरबाट इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन् ।
यो म्युचुअल फन्डको कोष प्रवर्द्धकमा एनआइसी एसिया बैंक र योजना व्यवस्थापकमा एनआइसी एसिया क्यापिटल मार्केट रहेको छ।
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल