Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज कुन कुन जिल्लामा भेटिए संक्रमित ?

काठमाडौं । कोरोना संक्रमणको दर घट्दै गएको छ । केहीदिनयता संक्रमिट दर घटेको हो । नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ। गत २४ घण्टामा मात्र ८२ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मनत्रालयले जनाएको छ। गत २४ घण्टामा २५ वटा प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ८२ जना संक्रमित भेटिएका हुन्। यसअघि शनिबार करिब डेढ महिनापछि ७० जनामा मात्र संक्रण पुष्टि भएको थियो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका १ र मोरङका २ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका १९ र सर्लाहीका १, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौंका ३ र सिन्धुपाल्चोकका १, भरतपुर अस्पताल प्रयोगशाला चितवनमा चितनवका ५ जनामा कोरोना भेटिएको छ।
किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशाला हेटौंडामा मकवानपुर र सिन्धुलीका १÷१, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा काठमाडौंका २, ललितपुर र सोलुखुम्बुका १÷१, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बागलुङका २, नवलपरासी पूर्वका १, पर्वतका २, स्याङजाका १ र तनहुँका ६ जनामा कोरोना पुष्टि भएको छ। गत २४ घण्टामा गरिएको परीक्षणमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गोरखाका १ र लमजुङका २, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्मी र पाल्पाका १÷१ जनामा कोरोना पाइएको छ। आरटी पिसिआर प्रयोगशाला दैलेखमा दैलेखका १, चौरजहारी नगरपालिका पिसिआर प्रयोगशालामा रुकुम पश्चिमका २ जना, सुर्खेत प्रादेशिक अस्पताल सुर्खेतमा सुर्खेतका ११ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कालीकोटका ७, डडेल्धुरा अस्पताल प्रयोगशालामा बझाङका १, डडेल्धुराका २, सेती प्रादेशिक अस्पताल प्रयोगशाला धनगढीमा कैलालीका २ र दार्चुलाका १ जनामा कोरोना पुष्टि भएको छ। कोरोनाको आशंकामा गत २४ घण्टामा ३ हजार ९ सय १६ जनाको पिसिआर भएको छ। मुलुकभर हाल ८ हजार १ सय ७४ जना अस्पतालको आइसोलेसनमा र २३ हजार ७ सय ८४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।