Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज गोकर्णेश्वर मन्दिर खुल्दैन

काठमाडौं । यसपालीको पितृ औशीँमा काठमाडौको गोकर्णेश्वर महादेव मन्दिर नखुल्ने भएको छ । नेपालको उत्तर गयाका रुपमा परिचित सो मन्दिरमा भाद्रकृष्ण औँसीका दिन भक्तजनको घुँइचो लाग्ने गर्दछ । राजधानीको उत्तरपूर्वी भेगमा पर्ने पितृ श्राद्धका निम्ति असाध्यै प्रख्यात गोर्कण मन्दिर नखोल्ने भएको गोकर्णेश्वर नगरपालिकाका उपमेयर शान्ति नेपालले जानकारी दिइन् । त्यसदिन धेरै भक्तजनकोजमघट र पितृ श्राद्ध गर्न धेरै आउने भएकाले कोरोनाको जोखिमलाइ मध्यनजर गर्दै यो वर्ष मन्दिर नखोल्ने निर्णय भएको उनले बताइन । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भाद्रकृष्ण औँसीका दिन बुधबार लाग्ने मेला स्थगित गरिएको गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष एवं वडा नम्बर ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले जानकारी दिए । उत्तर गयाका रुपमा परिचित गोर्कणमा भाद्र कृष्ण औशीका दिनमा आफ्ना पीता नहुनेहरुले श्राद्ध गर्नु धार्मीक संस्कृतिमा उत्तम मानिन्छ । समितिको बैठकले भाइरस साम्य नहुन्जेल बाबुको मुख हेर्ने दिन, हरितालिका (तीज) र सोह्र श्राद्धमा समेत मन्दिर बन्द गर्ने निर्णय गरेको हो ।