Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज थपिए ६२९ नयाँ संक्रमित

काठमाडौं । दिनदिनै जसो कोरोना संक्रमित थपिने क्रममा बुधबार ६ सय २९ थप जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले विगत २४ घण्टामा ६ सय २९ जनामा कोरोना देखिएको जानकारी दिए। योसँगै कुल संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ। त्यस्तै यस अवधिमा ११४ जना निको भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेमा १०६ पुरुष र ८ महिला छन्। यीसहित कुल २ हजार ३ सय ३८ जना निको भइ घर फर्किएका छन्। हालसम्म २४ जना मृतकमा कोरोना पुष्टि भएको छ। विगत २४ घण्टामा ६ हजार ८ सय २८ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म १ लाख ९३ हजार १ सय ९४ जनाको पिसिआर परीक्षण भएको छ।