Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज नाराजुलुससहित ओलीको बसाइसराई

काठमाडौं । एमालेमा अध्यक्ष केपी शर्मा ओलीले माथि उठाइदिएका बाहुबली नेता महेश बस्नेतले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई नाराजुलुससहित बालकोट पुर्याउने भएका छन् । आज निवर्तमान प्रधानमन्त्री ओलीले बालुवाटारस्थित सरकारी निवास छाड्ने भएका छन् । उनी आफ्नै निजी निवास बालकोट सर्न लागेका हुन् । एमाले नेता महेश बस्नेतले ओलीलाई बालुवाटारदेखि निजी निवाससम्म नेता कार्यकर्ताले स्कटिङ्ग र स्वागत गर्दै बालकोट पुर्याउने व्यवस्था मिलाएका छन् । यसका लागि बस्नेतले बालुवाटारमा भेला हुन आह्वान गरिसकेका छन् । बालुवाटार प्रधानमन्त्री कार्यालयदेखि नेकपा एमालेका श्रद्धेय अध्यक्ष क. केपी शर्मा ओलीलाई हजारौँ बाइक, गाडीले स्कटिङ्ग र स्वागत गर्दै भक्तपुरको कौशलटारदेखि बालकोट निवाससम्म नागरिक अभिनन्दन सहित प्रस्थान गराउने कार्यक्रममा सहभागिताको लागि सबैलाई हार्दिक आमन्त्रण गर्दछौं, बस्नेतले सामाजिक सञ्जालमार्फत आह्वान गरेका छन् । बिहान ११ बजे बालुवाटारमा भेला भएर नारा जुलुससहित ओली बालकोटतिर लाग्नेछन् । सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरी परमादेश जारी गरेपछि ओलीको सरकारबाट बहिर्गमन भएको हो ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल