Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
पैसा कुम्ल्याउने र राज्य दोहन गर्नु मात्र भ्रष्टाचार होइन् । म भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिन्न भन्ने एमालेका अध्यक्ष केपी शर्मालाई नाम लेखाउन कति लोभ भएछ । जसले पशुपतिको गर्वगृहको जलरीमा आफ्नो मात्र होइन राष्ट्रपति, तत्कालिन पर्यटनमन्त्री कोषका सदस्य सचिव, पशुपतिका मुल भट्ट, भट्ट, भण्डारी समेत १४ जनाको नाम लेखाएर जात्रा देखाए । ओलीका कारण नेकपा एमाले बद्नाम भएको छ । एमालेको सम्बन्ध प्रतिगामी राप्रपा लिङ्ग र भेद छुट्टिन बाँकी रहेको मौका पाउँदा क्रसर उद्योगहरूसँग कुम्ल्याएका रवि लामिछानेसँग छ । भ्रष्टाचारमा एमाले नजोडिएको ठाँउ छैन । महालेखाको प्रतिवेदनले उठाएको विषय संसदमा प्रवेश पाउँदा सदन अवरुद्ध गर्ने, नक्कली भुटानी प्रकरण र ललिता निवासमा जोडीन लाज नमान्ने त्यो पार्टीले भ्रष्टाचारलाई कतै छानविन गर्ने नदिने योजना बनाउँदै त छैन ?
पशुपतिलाई १०७ केजी सुन खर्च गर्ने केपी ओलीको व्यक्तिगत पूँजी लगानी भए झै सुनको जलरीमा नाम लेखाएर कति पौरखी काम गरेछन् ? यहाँ ११ केजी सुन हजम भएको प्रसँगसँग एमालेका अध्यक्ष केपीको नियत छर्लङ्ग भएको छ । जसले भ्रष्टाचार नगर्ने वाचा गर्दा काम पूरा नभएको धरहरामा शिलालेख टाँसेर भ्रष्टाचारको नाँगो रूप देखाएकै हुन् ।
केपीको राष्ट्रवादमा वगेर राष्ट्रपतिबाट जे भए एमालेको हितमा थिएन । नागरिकता अध्यादेश स्वीकृत गर्ने विद्या भण्डारीले आफ्नै देशका नागरिकहरूलाई अनागरिक बनाउने काम भएकै हो । आँफूले अध्यादेश ल्याउँदा त्यही कुरा ठिक सरकारले सदनमा छलफल गरी विधेयक ल्याउँदा त्यही राष्ट्रघाती केपीको राष्ट्रवाद अहिले नाँगो भएकै छ । जब सर्वोच्चले संसदले पारित गरेको राष्ट्रपति रामचन्द्रले स्वीकृत गरेको विधेयक विरुद्धको रिटलाई अस्वीकार गर्दै नेपालीले जन्मशिद्ध, बैवाहिक र गैर आवसीय नेपालीका लागि नागरिकता दिन निर्देशन दियो घनघोर मण्डले वकिल बालकृष्ण न्यौपानेदेखि केपी ओलीसम्म दङ्ग परे । मधेस र मधेसका नागरिकको हकमा एमाले सहयोगी शक्ति बन्नै सकेन् ।
नागरिकता देशका जनताले पाउनु पर्छ । पूर्वी तराइको धनूषा, महोत्तरीमा यो समस्या चर्को देखियो भने मध्येपश्चिमको बाँकेमा नागरिकता लिनेको भिड धेरै देखियो । नागरिकताका लागि वाधक बनेको एमालेको ओली गुटले जस्तो राजनीति गर्दैछ त्यो जनताले हेक्का राख्नुपर्छ । भ्रष्टाचार गर्न पशुपतिनाथमा पनि वाँकी नराख्ने, कुरा चर्को गर्ने राष्ट्रवादको ऐलान गर्ने चुच्चे नक्सा अंकीत पुस्तक वितरण नगर्ने काम गर्ने को ? समाजको लाज पनि हुनु पर्ला ! गतललाई गलत भन्न नसक्नेहरूबाट नेकपा एमाले कति दिन चल्छ । ललिता निवासको फाईल थान्को लगाउने काँग्रेस आफ्नो सत्ता कालका भ्रष्टाचारका फाईल दवाउने एमालेबीचको सम्वन्ध देश बनाउने भन्दा भत्काउन सकृय छन् । केपीको अध्यादेश जे छ त्यो स्वीकृत गर्ने संसदले पारित गरेको विधेयक थन्क्याउने राष्ट्रपति विद्याको व्यवहारले तड्पिएका नागरिकले पनि भन्लान् एमाले जन बिरोधी शक्ति भयो । कामको प्रकृति र व्यवहार मिल्दो जुल्दो छ ।
संसदमा प्रमुख विपक्षी दलको नाताले देशको हितमा एमाले बोल्दैन् । किसानले गोलभेडा सडकमा फाल्छन्, बन्दा वारीमा डोजर चलाउाछन्, किसानका उत्पादनले बजार पाउँदैन एमाले चुपचाप छ । कालो बजारमाथि एमालेको आक्रमक व्यवहार छैन् । बैदेशीक रोजगारीको ठगी एमालेले पत्तो पाउँदैन् । दैनिक माइतिघर मण्डलामा समस्या लिएर नागरिक उपस्थित छन् एमालेलाई जलारी काण्ड र नक्कली भुटानी शरणार्थी काण्डले रन्थन्याएको छ । ओली कालका लुट काण्ड झापाको चीया बगानदेखि ओम्नी, वाईडवडी, नेपाल ट्रष्टको अपराध छानविन हुने स्थितिमा एमाले भ्रष्टाचारको फाइल नखोल भन्दै छ ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल