Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आन्तरिक उडानका सबै जहाजको प्राविधिक परीक्षण गर्न निर्देशन

काठमाडौं । सरकारले आन्तरिक उडानमा रहेका सबै जहाजको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ। आइतवार काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएपछि सरकारले यस्तो निर्देशन दिएको हो। बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्देशन दिने निर्णय गरेको उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन्। आगामी दिनमा हवाई दुर्घटना हुन नदिन आन्तरिक उडानतर्फ देशका सबै वायुसेवा कम्पनीहरुले आन्तरिक उडानमा रहेका आफ्ना विमानहरुको अनिवार्य प्राविधिक परीक्षण गर्नका लागि निर्देशन दिने निर्णय गरेको छ, उनले भने, यसको अनुगमन नागरिक उड्डयन प्राधिकरणले गर्नेछ।