Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आफूमाथि प्रधानमन्त्री खनिएपछि सभामुखले दिए उत्तर

काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच द्वन्द्व बढेको छ । प्रधानमन्त्री ओलीले शुक्रबार सभामुख सापकोटामाथि किर्ते गरेको आरोप लगाएका छन् । त्यसको जवाफमा सापकोटाले प्रेस विज्ञीप्ति निकालेर भ्रम सिर्जना गर्न खोजिएको जवाफ दिएका छन् । सभामुखको सचिवालयका प्रेस विज्ञ श्रीधर न्यौपानेले विज्ञप्तिमार्फत् पुस ८ गते प्रेस विज्ञप्तिमार्फत् नै स्पष्ट पारिसकिएको विषयमा तथ्यहरुलाई बंग्याएर भ्रममा पार्न खोजिएको उल्लेख गरेका छन् ।

उनले ५ पौषमा ९० जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेकोमा सभामुखले सचिवालयमा दर्ताका लागि लिखित निर्देशन दिएको र तत्पश्चात् प्रशासनिक प्रक्रियाहरु भएको जनाएका छन् । पुस ५ गते ३ बजे अपरान्ह आएको प्रस्तावलाई साँढे १० बजेको समय राखी दर्ता गरेको भन्दै प्रधानमन्त्री ओलीले सभामुख सापकोटामाथि किर्ते गरेको आरोप लगाएका हुन् । हिजो एक कार्यक्रममा ओलीले सभामुखको कार्यलाई लज्जास्पद पनि भने ।

प्रधानमन्त्रीको अभिव्यक्तिपछि सभामुखका प्रेस विज्ञको विज्ञप्तिले विवाद झन् सतहमा आएको छ । संवैधानिक परिषदको बैठकमा अनुपस्थित भएको भन्दै प्रधानमन्त्री ओली सभामुख सापकोटासँग असन्तुष्ट छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले सभामुखको भूमिकामाथि प्रश्न नै उठाइसकेका छन् । यसअघि सभामुख सापकोटाले प्रधानमन्त्री ओलीलाई संविधानले संसद बिघटनको अधिकार नदिएको टिप्पणी गरेका छन् । उनले ओलीको कदमलाई असंवैधानिक भनेका छन् । त्यसले ओली आक्रोशित भएका छन् ।

सभामुख सापकोटा नेकपाका अध्यक्ष प्रचण्ड निकट हुन् । प्रचण्डकै अडानले उनी सभामुख बनेका थिए । प्रधानमन्त्री ओली सभामुख सापकोटासँग निकै असन्तुष्ट छन् ।