Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आफ्नालाई बन्दोबस्त मिलाएर सर्वेन्द्र सडकमा

काठमाडौँ । आफूसँगै आफ्ना विश्वासपात्रहरूलाई राम्रो ठाउँ दिलाएका प्रहरी आईजीपी सर्वेन्द्र खनाल आजबाट अवकाश पाउँदै छन् । आफूले गरेका कामको जनताले मूल्याङ्कन गर्ने बताउने खनाललाई पद त्याग्दा एआईजीको खडेरी लाग्यो । उनी डीआईजीबाट आईजीपी भए जस्तै आजबाट सरकारले आईजीपी पदमा ठाकुर ज्ञवालीलाई ल्याउने निश्चित छ किनकि उनी वरिष्ठ हुन् । प्रधानमन्त्री केपी ओलीले नेपाल ट्रष्टको सम्पत्ति दिलाएका यती होल्डिङ्ससँग लगानी साझेदारी गरेका डीआईजी हरि पाल पैसा जति पनि खर्च गर्न सक्थे । प्रधानमन्त्री र आईजीपी पालकै पक्षमा थिए । तर यहाँ वरिष्ठ ज्ञवाली हुन् । ज्ञवालीले चार महिना २४ दिन आईजीपी चलाउने भएकाले त्यसपछिको आईजीपीका लागि ठूलै सङ्घर्ष नहोला भन्न सकिँदैन ।

गृहमन्त्री रामबहादुर थापाको यहाँ भाउ छैन । यहाँ तारणी लम्साल र सूर्य उपाध्याय पनि छन् भन्ने सोचै छैन । हरि पाल र शैलेश थापा दुवै पैसा खर्च गर्छन् । शैलेश थापालाई महेश बस्नेतले बोकेका छन् । तर थामसेर्कुलाई देशकै सम्पत्ति गोकर्णदेखि ताप्लेजुङसम्म सुम्पदै आएका आफू भ्रष्टाचार नगर्ने अरूलाई भ्रष्टाचार हुन दिन्न भन्ने राष्ट्रको ढुकुटी उपचार खर्चका नाममा काँग्रेस, कम्युनिस्टका नेतादेखि पूर्वराजपरिवारलाई बाँडेर पार्टीमा गुटको खेती चलाएका प्रधानमन्त्रीले थामसेर्कुको दबाब झेल्न सक्ने अवस्था छैन । त्यस्तो भयो भने हरि पाल आईजीपी नै नहोलान् भन्न सकिँदैन । यहाँ प्रद्युम्न कार्कीको गणना नै छैन । सरकारले चाहे जे पनि हुन्छ । खनालले बिदा नबस्नुको कारण एआईजी पुष्कर कार्कीले चलखेल नगरून् भन्ने हुन सक्छ ।

शैलेश थापा आईजीपी जो हुन्छ, उसको विश्वासपात्र हुन् । उनी धेरै समय आईजीपी सचिवालयमा बसेर घुमुवा परिचालन गरी मुन्सीको काम गरेका पात्र हुन् । महानगरीय प्रहरी कार्यालयमा रहँदा पनि उनको लोकप्रियता देखिएन । प्रवक्ताको रूपमा उनी छन् तर प्रेससँग भरसक तर्कन्छन् । वरिष्ठतालाई हेर्ने कि कामलाई भन्ने तर्क धेरैले गर्छन् । आईजीपी खनालले प्रबन्धमा खटाएका डीएसपी नवराज थापा, निरीक्षक केशव गौतम र एसएसपी दीपक थापाको धन्दाले प्रबन्ध दुर्गन्धित छँदैछ । प्रहरीमा जेष्ठता होइन, काम भन्नेहरू छन् । गृहसचिव महेश्वर न्यौपाने आएपछि डीआईजी शैलेश थापा, केरकारका एसएसपी सहकुल थापाहरू भुइँ न भाँडामा भएका छन् । भोटाहिटीको साइबर व्युरोमा एसएसपी थापाले भाइलाई लेखा प्रमुख बनाएर पठाए ।

त्यहाँ सई लेखापाल हुन्छन् । मानव बेचबिखनमा मुख्य सचिवका भाइ लेखा प्रमुख छन् । प्रहरीको शुद्धता यस्तैले झल्काउँछन् । अबको आईजीपी परिष्ठता होइन, काम भन्ने हो भने विश्व पोखरेलले बाजी मार्ने छन् । राजनीतिक पहुँच यी पोखरेलको बलियो छ । काँग्रेसदेखि तत्कालीन एमाले र हालको नेकपासम्म राम्रो उठबस भएकाले विश्वले जसरी डीआईजी हुँदा धेरैलाई हेरेको हे¥यै बनाएका थिए, त्यसै गरी आईजीपी भए भने अनौठो हुँदैन । किनकि पार्टीमा अत्यन्त विवादित पैसाका लागि देशकै सूचना भारतीय दूतावासमा बेचेर आफ्नो बन्दोबस्त गरेका उपप्रम एवं रक्षामन्त्री ईश्वर पोखरेल विश्वका दाहिना छन् ।

खनाल गए, घुमुवा पनि सरे !
आईजीपी खनाल अन्तरमुखी व्यवहार देखाएर आजबाट प्रहरीमा आफ्नो सेवा पूरा गरी सडकमा आउँदैछन् । सङ्कीर्णता र लोभ उनको परिचय थियो । खान्नँ–खान्नँ लोकाचार उनको बानी । प्रधानमन्त्री केपी ओलीको भ्रष्टाचार नियन्त्रणको रोइलो र आईजीपी खनालको प्रहरी सङ्गठनभित्रको हप्ता असुली धन्दाको विरोध एउटै थियो । उनले नारायणी प्रमुख हुँदा प्रयोग गरेका सई विजय यादवलाई बडीगार्ड नै राखे भने केन्द्रमा दरबन्दी राखेर प्रदेश– २ (तस्करीको केन्द्र) लाई कमाइ हुने स्थान बनाएका थिए । उनका विश्वापात्रहरू विजय यादवलाई पर्साको महिला सेलमै दरबन्दी कायम गराएका छन् । हवल्दार पैगम्बर अन्सारी वडा प्रहरी कार्यालय श्रीपुर, खुशीलाल यादव जानकी टोल प्रहरी चौकी, भुवारी साह, सई रामलेख यादव हवल्दार सञ्जीव झा पनि प्रदेश– २ मा थन्किए ।

केन्द्रको मुख्यालय दरबन्दी राखेर लुट्नसम्म लुटेका प्रहरी हुन् । स्वच्छ छविका आईजीपीको कुलङ्घार घुमुवाले सताइएका व्यापारीहरू कहिले सर्वेन्द्र जान्छन् र सताइएकामाथि लाठी बर्साउँला भनेर बसेका छन् । प्रहरीकोे कमाइ भनेकै घुमुवा परिचालन हो । केही ठाउँमा तस्करी नियन्त्रणका काम भएका छन् । आन्तरिक भ्रष्टाचार प्रबन्ध र आसचमौबाट हुन छाडेकै थिएन । आईजीपी खनालले पनि त्यता ध्यानै दिन सकेनन् । जनतासँग प्रहरीलाई जोड्ने काम भने उनको लोकप्रिय नै देखियो । निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा राजनीतिले गिजोल्दा दोषीले उन्मुक्ति पाएको हो ।


सम्बन्धित समाचार