Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आफ्ना नागरिक लैजान अर्को जहाज पठाउँदै अमेरिका

काठमाडौं । कोरोना भाइरसको संक्रमण रोक्न जारी गरिएको लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिक लैजान संयुक्त राज्य अमेरिकाले पुनः जहाज पठाउने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार नेपालमा रहेका अमेरिकी नागरिक लैजान मंगलबार बिहान एउटा विमान काठमाडौं अवतरण हुँदै छ । अमेरिकाले यसअघि पनि नेपालमा रहेका आफ्ना नागरिकमध्ये करिब ३ सय जनाको उद्दार गरेको थियो । यसअघि कतार एयरवेजको जहाज चार्टर गरेको अमेरिकाले यसपटक भने आफ्नै देशका कम्पनीको जहाज पठाउन लागेको हो । तर, कुन कम्पनीको जहाज पठाउन लागिएको भन्ने विषय भने खुलेको छैन ।


सम्बन्धित समाचार