Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रख्यात हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलको पहिलो वैवाहिक सम्बन्ध औपचारिकरुपमा टुटेको ६ वर्ष बितिसक्यो । तर, पूर्वपत्नी मिनाले अहिले पनि उनलाई विभिन्न तरिकाले हैरानी दिन छोडेकी छैनन् । कहिले टिकटकबाट त कहिले युट्युबरहरु जम्मा गरेर मिनाले पूर्वश्रीमानमाथि अनेकन् आक्षेपहरू लगाउने गर्छिन् । यसले मनोजलाई मात्र नभएर उनका छोराछोरीलाई समेत मानसिक रूपमा असर गरेको छ । यद्यपि, न त मनोजले न छोरा र छोरीले मिनालाई कुनै जवाफ फर्काएका छन् । तर, हरेक ‘अति’ को एउटा सीमा हुन्छ । सीमा नाघेपछि ढुंगा पनि बोल्न बाध्य हुन्छ भनेझैँ मनोजका छोरा मिराजले अन्ततः आमाविरुद्ध मुख खोलेका छन् । तर, मिनाले जस्तो युट्युबर भेला गरेर होइन, सिर्जनात्मक तरिकाले । उनले आमालाई खुलापत्र भन्दै एउटा र्याप सार्वजनिक गरेका छन् । यो र्याप उनको वास्तविक जीवनमा आधारित छ । आमाबाट सानैदेखि व्यहोरेका सास्ती र हैरानीहरू उनले निकै मार्मिक रूपमा वर्णन गरेका छन् । उनको आक्रोश आमालाई उचाल्ने र स्पेस दिने युट्युबरहरुमाथि पनि छ ।
मनोज र मिनाको डिभोर्स हुँदा छोरा बुवासँग र छोरी आमासँग बस्ने गरी सहमति भएको थियो । मिनाले पूर्वपतिबाट आधा अंशका साथै छोरीको लालनपालन खर्चसमेत लिएकी थिइन् । तर छोरी आमासँग लामो समय टिक्न सकिनन् । आमालाई छोडेर उनी बुवासँगै बसिरहेकी छन् । मिनाले चाहिँ मनोजले षडयन्त्र गरेर छोरा र छोरी दुवैलाई आफूबाट टाढा गरेको आरोप लगाउँदै आएकी छन् । तर, मिराजको यो र्यापले धेरै कुरा छर्लङ्ग गरेको छ । उनले छोराछोरीलाई कसरी हुर्काएकी थिइन् र मनोजलाई कति दुख दिएकी थिइन् भन्ने मिराजको र्यापले उजागर गरिदिएको छ ।
र्यापका शब्दहरु जस्ताको तस्तैः
यो हो सत्यलाई जिताउने गीत विपक्षीको पराजय
भेडाबाख्राको जमात, आलोचना अराजक
सही पक्ष बोल्दैन, प्रश्नचिन्ह खडा छ
लगाइदिन्छु पूर्णविराम, सुन मेरो कथा तँ
बस्थेँ एउटा कोठामा, जान्थ्नि आमा थुनेर
सीप सिक्न भनि ठूला ठूला सपना बुनेर
चोटपटक लाग्ला भन्ने कसैको नसुनेर
सुने पनि बोलिसाध्ये कहाँ हुने र
राखिएको थियो मर्लाइ एक्लै सानैदेखि
गालीगलौज सुरु हुन्थ्यो एकाबिहानैदेखि
ताण्डप मच्चाउने उनको चाहनै त्यति
आफूलाई पिडित देखाएर लिने सहानुभूति
मायाभन्दा बढी देखाउने गर्थिन् रिस
खाना खाउ कैले भनिनन्, सुन्थेँ भात घिच
म जन्मेको बेला उनको उमेर उन्नाइस बीस
ममताको अपरिपक्व रुपले ग्रसित
हुर्किएको थिएँ म झैं झगडाको वरिपरी
छुट्टै बसेको थिएँ आफन्तबाट पर सरी
भड्काइएको थियो मलाई घर परिवारविरुद्ध
दिनरातको ठाकठुक थियो, बाउले जैले हार्ने युद्ध
इज्जत प्रतिष्ठा भन्दै बसे बाउ सहेर
ओसोका ध्यानको छत्रछायाँमा रहेर
म भने आमाको हरेक झूटमा बहेर
बाउलाई नराम्रो देख्थेँ, गजुरेलतिर नहेर
उपाध्यायले जैसी बाहुनलाई हेर्ने नजर फरक थ्यो
को सही र को गलत त्यो आत्मा फरक हो
तर, भनेजस्तो नहुने बित्तिकै अनि झर्क्यौ, बाबासँग तर्क्यो, अनि भित्तातिर फर्क्यो
मध्यरातमा ब्यूँझिन्थेँ म ठूल्ठूलो आवाजले
बाबाको चैं सानो स्वर के भन्छ समाजले
दिनरात नभनि जतिबेला पनि बाझ्ने
अर्को दिन पसल जान नमान्ने म लाजले
याद छ अति हुँदा बाउले आफ्टरसेभ घुड्काको
अस्ति भर्खर सोध्दा मात्र त्यो कुराको सुर पाको
खाना लाउन दिने मात्र माया भनि हुर्काको
हुनुअघि धेरै धेरैचोटि डिभोर्स भनि घुर्काको
एकचोटि मेरो बाउ विदेश गएको बेला थ्यो
इन्टरनेटको प्रयोग त्यति नभएको बेला थ्यो
लोडसेडिङ हुँदा मैनवत्ति बलेको बेलाथ्यो
फेसबुकअघि याहु म्यासेन्जर चलेको बेलाथ्यो
सुनेँ एउटा कलमा आमाले हिन्दी बोलेको
आयू च्याटमा भेटिएको सँग कुरा खोलेको
बाउ फर्केपछि मलाई बोलाए, मैले पोल लाएँ
पछि मैले भेटेँ आमाको धुलाई
त्यस्ता घटना त घटे कति हो कति
डिभोर्स अगाडि नै मैले भेटेँ दुईटा जति
माइती गइन् उचालिइन् छोड्ने भइन् पति
बाउ रोको देखेँ आमाको माया लागेन एक रति
छोडपत्रले पुगेन गर्न थालिन् मिडियावाजी
बाउ बोल्नै नचाहने सुरु गरे सिध्या बाजी
कुरा गर्न थालिन् भएको नभएको
आमा भको ठाउँमा युट्युबर सबै गएको
ठूलीआमा भनाउदीले बैनीलाई प्रयोग गरेको
यति हुँदा पनि मनोज दाइ अडिग रहेको
नाम पता गरेर नि फेरि मिल्न खोज्दै थिइन्
नानी र मलाई आनन्द आमा होइन बोझै थिइन्
टिकटकको सजिलो चर्चा बोकेर मोजमै छिन्
विचार नभकाको समर्थन पाएर सोझै छिन्
दोस्रो विहेपछि उनको रिस घृणामा परिणत
हिजो अस्तिसम्म उनलाई याद पनि गरिनँ
बाबा र अन्टीलाई गाली म विवादमा परिनँ
६ वर्ष नबोलेर पनि म मरिनँ
एक चोटि मात्र हो मैले यो सब भनेँ
कुरा कोट्याइरहनलाई तिमरु त छौ नि
धेरै भो तिमर्को चासो भने नदेखा कसैको सरोकार छैन
सोध्न छोड्दे मेरो आमाको बारेमा तिमरु पत्रकार होइन
दिन्न म कसैलाई अन्तरवार्ता अब बोल्ने हो गीतबाट मात्र
बाबा हास्यव्यंग्य कलाकार हो तर म होइन हाँसोको पात्र‘
टिकटकमा आमाको भिडियो आउँदैन
आमा कसम मरेको मलाई आमाको माया लाउँदैन
६ वर्ष नबोलि बसेको हो अब त्यही क्रम कायमै राख्छु
‘ मा घर चितवनमा काम, बाबा आन्टीको मायाले बाँच्छु
आमा भनेको आमा अनि राक्षेसनी भनेको राक्षेसनी
मुख छाड्न मिल्ने भए त म भन्दै हुन्थे‘
एकतर्फी कुरा सुनेर आफ्नो मतिभ्रष्ट नगरौं
अहिलेलाई यत्ति बाँकी पछि गएँ म हस्त लौ
२०८१ मंसिर ४
ताजा नेपाल
२०८१ मंसिर २
ताजा नेपाल
२०८१ कार्तिक २९
ताजा नेपाल