Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १ रुपैयाँ बढाएको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर १र१ रुपैयाँ बढाउने निर्णय गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । इण्डियन आयल कर्पोरेसन्सले पठाएको नयाँ मूल्यसूचीअनुसार मूल्य केही हेरफेर भएको छ । पेट्रोल, डिजेल र मटितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १–१ रुपैयाँ बढाउने निर्णय भएको छ । मूल्य समायोजनपश्चात् पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ५ रुपैयाँ, डिजेल र मटितेल ९१–९१ रुपैयाँ कायम गरिएको छ । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।