Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नाम बालकृष्ण काम र चरित्र लुटकृष्ण भएको कारण काँग्रेसको देउवा मण्डलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा रु १ करोड ४७ लाख झ्याप पारेका ेखुलासा आफैंले आङटावा शेर्पा मार्फत् सानु भण्डारी, सन्देश शर्मा र गोविन्द चौधरीलाई ३५ लाख फिर्ता गरेको बताउँदा पनि निर्दोष देख्ने आँखा कस्ता होलान् ? काँगे्रेस सभापति शेरबहादुर देउवाकै कारण दोस्रो चरणको छानविन भएन । गृहमन्त्री नारायणकाजी श्रेष्ठले इमान्दारिता देखाउँदैमा उनको पार्टीका अध्यक्ष प्रचण्डको सत्ता टिकाउने मेसो प्रमुख भयो । लोग्ने थुनिँदा मञ्जुले धुम्बाराहीमा मच्चाएको रत्यौली कम चर्चित थिएन ।
देउवाले दोस्रो तहको छानविनमा डा. आरजु र मञ्जु जोगाउँदा एमालेका नैनकला थापा, अजयक्रान्ति शाक्य, ब्रजेश शाक्य, राजेश्वर स्थापितसम्म जोगिएका छन् । काँग्रेस र एमालेका धुन्धकारीको खेती नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालत समेत राजनीतिक दाउपेचमा खडा भयो । उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डेले आफू त्यो पदमा जाँदा भएको सिफारिशको गुण तिर्ने भएका छन् । अरुभन्दा बढी सजायँ पाउनु पर्ने बालकृष्ण खाँणलाई जेलमुक्त गर्न सभापति शेरबहादुर देउवाले पनि दबाव नै दिएका छन् । देउवाले नवलपरासीमा काँग्रेस जिल्ला अधिवेशनमा खाडले न्याय पाउँछन् भनेको एक साता नबित्दै उच्च अदालतले विवाद सिर्जना गरेको हो ।
अदालत निष्पक्ष छैन, निजामती प्रशासन प्रहरी पनि निष्पक्ष छैन । मानव स्वास्थ्यमा खट्ने अस्पतालका डाक्टर निष्पक्ष छैनन् । प्रहीले भुटानी शरणार्थी प्रकरण मात्र होइन ओली शासनको बेला ३३ किलो सुन प्रकरणको छानविन समेत मिहिन रूपमा गर्न पाएन । काँग्रेस र एमालेका नेता जोडिन थालेपछि त्यो प्रकरण थन्किएको हो । केपी ओली तत्कालिन प्रम भएकै बेला निर्मला पन्त बलात्कार र हत्या भयो । त्यो काण्डमा एमालेको महिला संघ र काँग्रेसी महिलाहरू बोलेनन् । हरेक अपराधसँग काँग्रेस र एमाले जोडिँदा माओवादीका गृहमन्त्रीको निष्पक्षता हरायो । नारायणकाजी श्रेष्ठ आफैं पनि कम्बल ओडेर घिउ हजम गर्ने नेता हुन् भन्ने कुरा हिजो कमान सिंह लामाको करोडौं काजीले झ्याम पारेको भिडियो क्लिपले देखाउँछ । अपराध कर्ममा माओवादी नेता पनि सरिक छन् । जनताले न्यायका लागि राज्य गृहार्छ राज्यका शासक निष्पक्ष नहुँदा असोज १८ गते भूकम्प गएको बझाङका जनताले राज्यबाट राहत पाउन कात्तिक १७ गतेको जाजकारेट केन्द्र बिन्दूमा गएको भूकम्प पीडित कुर्नु प¥यो । वर्तमान काँग्रेस, माओवादी र नेकपा एस सरकारको नीतिगत निर्णय नै पूर्वाग्रही छ । त्यो पूर्वाग्रही चरित्र र प्रवृत्तिभित्र नकक्कली भुटानी शरणार्थी बनाएर नेपालीसँग अमेरिका र अष्ट्रेलिया पठाउने भनेर उठाइएको २८ करोड भन्दा बढी रकम झ्वाम पार्ने लुट कृष्ण खाँणलाई अदालतबाट छुटाउन प्रयोग भएका न्यायाधीश जनक पाण्डे प्रमाण बनेर आए ।
राज्यलाई बदनाम गराउने गरी नीति नियम नै फेर्ने गृहमन्त्री र गृहसचिव सबैभन्दा ठूला दोषी छन् । आफैं भुटानी शरणार्थीको नेता भएर नेपाल सरकारले दिएको मासिक १ लाख भत्ता, गाडी, एक सुरक्षा गार्डको प्रवाह नगरी झन् धेरै कमाउन भुटानी शरणार्थीको नाममा नेपाली युवालाई भुटानको स्थानीय ठेगाना मिलाउने र सिफारिश गर्ने टेकनाथ रिजाल पनि १५ लाख धरौटीमा छुट्नु पर्ने थिएनन् । एमालेका समशेर मिया, काँग्रेसका रामशरण केसी, खाँणका पिए नरेन्द्र केसी, रायमाझी पुत्र सन्दिप रायमाझी जेलै कोचिनु पर्ने चरित्र थिए । खाँणका पिए केसी दाङको सामुदायिक विद्यालयका प्रअ थिए । काँग्रेसले उनैलाई पुनः प्रअ बनाएको खण्डमा त्यो विद्यालयको लाज कतातिर भाग्ने हो ? काँग्रेस यस्ता कर्म बढी गर्ने पार्टी हो ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल