Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आरोप प्रत्यारोपमै बिते यीनका दिन

काठमाण्डौ । जनतालाई पुराना राजनीतिक दलप्रति विश्वास थियो भयो चार जना पूर्व प्रम पुगेर जनतालाई आश्वस्त बनाएको तनहुँमा गठबन्धनका उम्मेदवार गोविन्द भट्टराई त्यति धेरै पछाडि पर्ने अवस्था आउने थिएन । पैसा त काँग्रेस हेर्डक्वाटरबाट टन्नै गएकै थियो । तर उनले त्यो सबै पैसा खर्च गरेनन् भन्ने आरोप काँग्रेसभित्रै लागिरहेको छ । मतगणनाको शुरुआवदेखिनै सत्ता गठबन्धन लतारिनु पुराना राजनीतिक दलहरूप्रति जनतामा देखिएको आक्रोश हो ।
आफैं माफिया र दलालको घेरावन्दीमा परेको सरकार चुनाववाट आफ्नो पक्षमा मत धेरै पार्न मन्त्री पद वाडदै शत्रु हसाउँदै गर्छ भने त्यो सरकार जस्तो निकम्मा र नालायक अरु हुँदैनथ्यो । जनताको मत धमाधम गणना हुँदैछ । अहिले सरकारले पूर्णता पाएको छैन । चुनाव प्रचारमा मन्त्री पद बाँडेर पत्याउने कसले ? प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वको सरकारका मन्त्रीहरूले त्यो पनि माओवादीका मन्त्रीलाई भ्रष्टाचार गर्न र माफियाको सेबक बन्ने छुट छैन । भाषण सबैले गर्छन् काम देखाउने प्रतिस्पर्धा छ । काँग्रेस, जसपा, एकिकृत समाजवादी मात्र होइन नागरिक उन्मुक्ति पार्टी समेत यो संकटको साँक्षी छ । नेपाली काँग्रेसले जनमत पार्टीको मन्त्रालय खोसेर पनि आफै भित्रका लोभी पापीको चित्त बुझाएको छैन । सत्ता गठवन्धनका नाताले प्रधानमन्त्री पुष्पकमल दाहाल यो बीचमा तनँहु, चितवन, बारा पुगेका वेला चुनाव जिताए मन्त्री बनाउने आश्वासन दिएर फर्केका थिए । तर जनताले उनीहरूका कुरा पत्याएनन् । उनी आफै संवैधानिक परिष्दको अध्यक्ष भएका नाताले परिष्दको बैठक राख्दा विपक्षी दलका नेताले योजना बद्धढंगले सरकारलाई घेरावन्दीमा पार्ने कामकै प्रश्नमाथि प्रश्नको ओईरो लगाए । १४ महिना अघिदेखी सर्वोच्चमा प्रधान न्यायधिस छैनन । कामूको भरमा चलेको सर्वोच्चमा चोलेन्द्रशमशेरले थोपरेको फोहर बढेको बढैछ । प्रधानन्यायाधिशबाहेक ६ जना न्यायाधिश सर्वोच्चमै खाली छन् । उच्च, पूनरावेदन र जिल्ला गरी ३ दर्जन न्यायाधिश खाली छन् ।
प्रधानमन्त्री प्रचण्ड काँग्रेसी किचलोको शिकार भएका छन । दलहरूको स्वार्थ मन्त्री पद र बिचौलिया केन्द्रीत छ । संघियता, लोकतन्त्र, संसद र संविधानको रक्षा गर्ने गठबन्धन प्रधानमन्त्री पदका लागि भत्काउने काँग्रेसले नै आँफूले पाएका आठ मन्त्रालयमा मन्त्रीको नाम पार्टीमा सर्बसम्वत गर्न नसक्दा स्वार्थ समूहको आवश्यकताका आधारमा मन्त्री पदमा भर्ति गर्नु पर्ने बाध्यता छ । काँग्रेस यसको भागिदार हो । राष्ट्र र जनता दलहरूका लागि आम्दानीका श्रोत बन्दै गए । चाहे ४१ महिने कम्युनिष्ट शासन होस वा अहिले बनेको छिरमिरे सरकारको ताल होस । बजार कालो हुँदै रातो बनिसक्यो । बिहानको एउटा मूल्यको सामान बेलुका अर्को मूल्य लिएर बस्छ । सरकार आयात धान्ने डलर छ भनेर गर्व गर्छ । कालो बजारवाट चुनावमा चन्दा लिने एनसेलसँग वैंकको उपचार खर्च लिनेहरूकै डाको ठूलो छ । माओवादीलाई प्रयोग गरेर राष्ट्रपति, सभामुख अहिले कव्जा गर्ने २ वर्षपछि आफैं प्रम बनेर फेरी प्रतिगमनकारी चरित्र देखाउने दाउमा रहेका एमालेका केपी ओली अहिले भत्काउने संवैधानिक संरचनाहरू योजनामा मात्र छन् ।
आफ्नो हातमा शासन आउनासाथ संघियता, गणतन्त्र, समावेशीताको रक्षा गर्ने भन्दा भाँड्ने काम केपीको लहडमा हुन्छ । ओम्नि, हुकाम, थामसेर्कू, एतिहोल्डिङ्स मात्र होइन उनले कमाउन पशुपति धर्मशाला आनन्द वतासलाई सुम्पेर कम्युनिष्टहरू परम्परागत धर्म संस्कृतिको निशाना तोडन चाहन्छन् भन्ने देखाए । भोट लिन पशुपतिनाथको शिरमा सुनको लेपन लगाउन दिइएको सुनै गायब पार्ने को थियो ? केपी ओली जस्ता दानी कमरेड पाएको एमाले विचौलिया र लुटाहाकै सेवक भयो । प्रधानमन्त्री दाहाललाई असफल बनाउन एमालेको छुद्र समूह आज लागेको होईन । केपीको कर्मकाण्डि योजना सफल हुन्थ्यो भने राष्ट्रपति उनकै हनुमान बनाएर यतिखेर प्रधानमन्त्री प्रचण्डलाई थाल खाँउ कि भात खाउँ बनाइ सक्थे । प्रचण्डले त्यो बुझेर नै चुनावी गठवन्धनसँग मिलेका थिए । उपचुनावमा केपी रवि ट्याक्टिस मिलेको छ । ओलीसँग राप्रपा जस्तो प्रतिगामी रास्वपा जस्तो अमेरिकी साम्राज्यवादी शक्ति च्यापिएकै हुन् । चितवन र तनँहुमा ओली रविको मिलापको हल्ला चल्यो । ६ महिना अगाडि जन्मेको पार्टी काँग्रेस एमाले माओवादीका भ्रष्टाचारीहरूको फाइदा लुट्दै प्रत्यक्षमा आठ सीट जित्दा समानुपातिकमा १२ जना सांसद जुटाएर संसदको चौथो शक्ति भएकोमा माओवादीको रिश गर्ने केपी ओलीले जति गर्व देखे त्यस्तो दुष्टता अरुमा थिएन । जनता ढाँटेर सरकार चलाएर पार्टीले जस पनि सक्दैन कार्यकर्ताले टेक्ने थलो पनि पाउँदैन । अहिले व्यवस्था परिवर्तन भयो अवस्था उस्तै छ । माओवादीको नेतृत्वले कतै छुट पाउँदैन । कम्युनिष्ट एकता भत्काउने केपी ओली राजनीतिका दुष्ट गुटवादी विचारहिन पात्र भएको संसारले महशुस गर्छ । कम्युनिष्टले जहाँ विचार, सिद्धान्त र दर्शन लत्याए त्यहाँ वर्गियता टिक्दैन । दलित जनजातिका नाउमा डलर हजम गर्ने क्रान्तिकारीहरूको अधुरो जनयुद्धलाई सफलता तर्फ लैजाने नाउमा एनसेलसँग पैसा खाँदै टावरमा आगो लगाउने अभियानमा लागेका कति क्रान्तिकारी अपाङ्ग नेकपाले पालेको छ त्यसको रेकर्ड गृहसँग होला नि ? उपप्रम तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जसरी काम थालेका छन् त्यसलाई साथ दिने जमात ठूलो छ । हिजो सरकारले नै माफियाको सेवा गरेकोले जनताका काम भन्दा विचौलियाकै काम गर्ने नेकपा एमालेको केपी गुटले कम्युनिष्टकै नाममा रजाँइ गरेकै हो । आज सरकारमा माओवादी र एकिकृत समाजवादी पनि छन् । एमालेमा विमती केपीको हेपाहा शैली थियो । प्रचण्ड र माधवहरू विकेकी केपी ओलीको दादागिरीमा टिकेनन त्यसको सत्य तथ्य समेत छानविन गर्ने स्वतन्त्र चिन्तकहरू देशभित्र भएनन् । कम्युनिष्ट आन्दोलनमा निष्ठा र त्याग समाप्त भएको छ । जनताले माओवादीले केही गर्ला भन्ने थियो । तर त्यसको शक्ति भड्काउन युरोपेली युनियन सफल भयो । माओवादीकै सिपी गजुरेल, सुरेश आले, देव गुरुङ, खडग बिकहरूले जातजाती र दलितका नाउमा कहाँ कहाँबाट डलर हसुरेका थिए त्यसको खोजी गर्न कोही चाहँदैन । डाक्टर बाबुराम पनि कतैबाट वहकिएकै हुन् । वर्तमान सरकारका सकारात्मक कामको समेत अस्थिरता चाहाने मिटरव्याजी अर्कै गुटले रुचाएको छैन । सरकारले केही गर्नुभन्दा भएका परम्परागत संरचनामा फेरवदल भए हुन्छ । कालो बजार र विचौलियाको रजगज हटाउने आँट प्रधानमन्त्रीले गर्ने हो कि जनता झुक्याउन उपचुनावमा जिताउ मन्त्री वनाउँछु भन्ने हो ? नेकपा एमाले वर्तमान सरकार र संरचनामा पिडा व्यक्त गर्छ भन्ने कुरा केपी ओलीको असहयोगले दर्शाउँछ । केन्द्रको गठवन्धन भत्कदा लुक्वीनी, सुदुर पश्चिम, गण्डकी सरकारको नेतृत्व गुमाएको एमालेलाई डाहा र इष्र्या छ । अब प्रदेश १ तिर आगो बल्दैछ । व्यवस्था वचाउने भन्दा भत्काउने लक्षतिर केपी ओली खटेका छन् ।