Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आर्थिक प्याकेज घोषणा गर्न काँग्रसको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनका कारण प्रभावित हुने क्षेत्रका लागि तत्काल आर्थिक प्याकेज ल्याउन सरकारसँग माग गरेका छन् । सभापति देउवाले आज प्रेस विज्ञप्ती जारी गर्दै न्यून आय भएका कर्मचारी, ज्यालादारी मजदुर र राजधानी लगाएतका स्थानमा डेरामा बस्ने विद्यार्थीका लाथि तत्काल राहत प्याकेज दिन सरकारसँग माग गरेका छन् । सभापति देउवाले २० लाखसम्मको ऋण लिएका साना व्यवसायीको तिन महिनाको ऋण मिनाहा गर्न र ठुला व्यवसायीको ऋणको व्याज तिर्ने सिमा ३ महिना थप गर्न समेत सरकारसँग आग्रह गरेका छन् ।


सम्बन्धित समाचार