Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आश्मीको मर्छु कि क्या हो

नेपाली साङ्गीतिक आकाशमा नयाँ फरक फ्लेबरको लोक गीत ‘मर्छु कि क्या हो’ बजारमा आएको छ । हाल भारतको मुम्बईमा साङ्गीतिक र अभिनयको कक्षा लिइरहेकी गायिका आश्मी रिसाल र गायक सुरेश शाहीको गीतमा आवाज रहेको छ । गीतमा शब्द तथा सङ्गीत पनि सुरेश शाहीको नै रहेको छ । यस गीतमा भारतमा नै मोडलिङ र अभिनय गर्दै भारतको विभिन्न चर्चित टेलिसिरिएल तथा विज्ञापनमा अभिनय गरिरहेकी नेपाली मोडल स्यामा श्री शेर्पा र कलाकार अम्बर सुवेदीलाई फिचर गरिएको छ । भारतमा नै विभिन्न लघु चलचित्र निर्देशन तथा टेलिचलचित्रहरूमा अभिनय गर्दै आएका निर्देशक तथा कोरियोग्राफर ओमकार सिन्धेले यस म्युजिक भिडियोलाई कोरियोग्राफ तथा निर्देशन गरेका हुन् । राम्रोसँग नेपाली पनि नबुझ्ने निर्देशक सिन्धेले यस गीतलाई निकै राम्रो तरिकाले बनाएका छन् । सिन्धेले यस गीतको भिडियो निर्माण गर्न आफूले धेरै नै नेपाली गीतहरूको भिडियो हेरेको र त्यसभन्दा फरक बनाउन खोजेको बताए । ‘पहिलो कोसिस हो, यो म्युजिक भिडियो र पहिलो नै गम्भीर छ । किनकि मैले नेपाली लोकगीतको भिडियो बनाउनु भनेको नै मेरो लागि चुनौती हो’– उनले बताए । रामेश्वर कार्कीको चयन रहेको यस गीतको भिडियोलाई श्याम कुँवरले सम्पादन गरेका हुन् ।