शब्दार्थ;
अस्ति = अ+स्+त्+इ = छ (भएको, अस्तित्वमा रहेको छ भन्ने स्विकारोक्ति) । नास्ति = न+अस्ति = छैन (नभएको, अस्तित्वमा नरहेको) आस्तिक = भएको मान्ने, अस्तित्वको स्विकार गर्नेवाला, भगवत् तत्व (सच्चिदानंद) ईश्वरको अस्तित्वमा विश्वास भएकाहरूलाई सनातन हिन्दू दर्शन (धर्म, अर्थ, काम को अन्तिम लक्ष मोक्ष भएको) मा आस्तिक भनिन्छ । नास्तिक = भएको नमान्ने, रहेको स्विकार नगर्नेवाला, पारलौकिक सत्ताको अस्तित्वमा विश्वास नभएका एवम् मोक्षको चाहना नराख्ने अथवा पुनर्जन्ममा विश्वास नराख्ने हरूलाई पुर्विय हिन्दू दर्शनमा नास्तिक वा अईश्वरवादी भनिएकोछ ।
भगवत् तत्व (सच्चिदानंद) ईश्वरमा चराचर ब्रह्मण्ड सञ्चालन सत्ता रहेको विश्वास राख्दछौ भने हामी आस्तिक हौँ । भगवद् सत्तामा हाम्रो विश्वास छैन भने, हामी जस्ता विश्वास नभएकालाई आस्तिकहरूले ‘नास्तिक’ भन्दछन् । यदि हामी भगवत् सत्ताको अस्तित्वनै अनुभव गरेका नै छैनौ, भगवान मान्दैनौ भने पनि हामी आफूले आफूलाई नै ‘नास्तिक’ भन्न भने मिल्दैन । यदि हामीले आफैलाई ‘म नास्तिक हुँ’ भन्दछौँ भने त्यो आस्तिक कै अर्को छोरको स्विकारोक्ति नास्तिक भन्ने हो, यानी नास्तिक र आस्तिक उहि धर्मका दुई पक्ष हुन् । जसरी एउटै चन्द्रमामा प्रकाश पर्दा प्रकाश परेको देखिन्छ प्रकाश नपरेको भाग देखिदैन, तर देखिएको र नदेखिएको दुबै भाग हुन्छ नै, यी दुबै भाग एउटै चन्द्रमाकै अवयव भएकाले दुबै भगको पूर्णयोग गोलाकार नै चन्द्रमा भए झैँ सनातन धर्म संस्कारमा पनि उच्च ध्यानमय चेतनाको वोधदृष्टीको प्रकाशले भगवत् सत्ताको अस्तित्वको अनुभव हुनु र अनुभव नहुनु दुबै सनातन धर्मकै दुई फरक फरक अवस्थितिका अनुभवले बन्नपुगेका मार्ग (पन्थ) हरू मात्रहुन् । तेसैले आस्तिक एवम् नास्तिक एउटै अवयवका दुई पाटाहुन, फरक नै ठान्नु हाम्रो नितान्त व्यक्तिगत अनुभव मात्र हो ।
सनातन देखि पूर्वजहरूका अनन्त अनुभव बोधका ज्ञानहरूले समृद्ध भएका अनेका अनेक पन्थहरू छन् । कुनै न कुनै पन्थको अवधारणामा हामीहरू अवश्यनै पर्दछौँ । यी कुनै पनि पन्थका अवधारणामा परेनौ भने पनि हामी आफूले आफैंलाई ‘म नास्तिक हुँ …’ भन्नु तेति उपयुत्त होइन, आस्तिकको वोध भैसकेकाले वोध नगरेकाहरूलाई नास्तिक भन्न सक्दछन् । नास्तिक भनेको सनातन अध्यात्मकै एउटा अर्को किनार मात्र हो, भिन्न हैन । यो कुरा हामी आध्यात्ममा विश्वस नभएकाहरूले आध्यात्मिक तवरले नभएर भौतिक विज्ञानका आधारमा अनुभव गर्न सक्ने सम्भावना रहन्छ, जस्तो कुनै भौतिक बस्तु मानव शरीरलाई नै हाम्रा अगाडी राखी हेरौँ …, हाम्रा अगाडि के मानव शरीर छ ? छ वा छैन भन्ने अनुभव हाम्रो दृष्टि एवम् चस्मा कस्तो छ भन्ने आधारमा भिन्नाभिन्नै दृष्य दृष्टिगोचर हुनेछन् ।
१. हाम्रो आँखाको दृष्टी छैन वा चस्मामा अपारदर्शी स्टीकर लागेकोछ भने हम्रै अगाडि रहेको शरीर पनि हामीहरूले देख्न सक्ने छैनौ ।
२. हाम्रो दृष्टि ठीक छ र चस्मा पनि ठीक छ भने अब हामी दुरुस्त शरीर देख्ने छौँ ।
३. हाम्रो दृष्टि ठीक छ र हाम्रो चस्मा ’एक्स–रेज’ (ह्–चबथक) वाला छ भने हामी दुरुस्त शरीर नदेखेर शरीर भित्रको अङ्ग प्रत्यङ्ग मासमज्जा अस्थिपञ्जरहरू सहितको विम्व देख्ने छौँ ।
४. हाम्रो दृष्टि ठीक छ र हाम्रो चस्मा ’गामा–रेज’ (न्बmmब–चबथक) वाला छ भने अस्थिपञ्जरहरू भन्दा पनि पारीको देख्ने छौँ ।
५. हाम्रो दृष्टि ठीक छ र हाम्रो चस्मा ’कस्मिकरेज’ (ऋयकmष्अ–चबथक) वाला छ भने दृष्टि वारपार भएर केहिपनि देख्ने छैनौँ ।
यो एउटै शरीरमाथि परेको हाम्रो दृष्टिपात एउटै दृष्य भएर पनि हामीलाई फरक फरक कुराको दृष्टिगोचर हुनजाने छ । यो सबै भेद दृष्टिको सूक्ष्मता भिन्ना भिन्नै भएकाले हो । २. मा मानव शरीर देखेका छौँ, ३. मा मासमज्जा अस्थिपञ्जरहरू सहितको विम्व देखेका छौँ, ४. मा अस्थिपञ्जरहरू पनि देखेका छैनौ, ५. केहि पनि देखेका छैनौ यो फरक देखिदै देखिँदै केहि पनि नदेखिनु हाम्रो दृष्टिको सूक्ष्मता बढ्दै गएका कारणले हो भन्ने सबै अनुभव बुझेपछि केहि पनि नदेखिएको ठान्ने नास्तिक = न+अस्ति+क = छैन भन्नेवाला वा अस्तित्वमा नदेखिएको अवस्थाको अनुभव भए पनि भौतिक रूपमा शरीर त छ भन्ने बोध रहेझैँ अध्यात्ममा भगवत् सत्ताको अस्तित्वमा विश्वासको वोधदृष्टि प्रतेकको चेतनाको उर्धतामा भर पर्दछ । भएको भौतिक शरीर दृष्टिको सूक्ष्मता सँगै अदृश्य भए जस्तै अध्यात्ममा ध्यान दृष्टिको उर्धतामा भौतिकरूपमा अव्यक्त पारलौकिक भगवत् सत्ताको अस्तित्वको वोध हुन पनि सक्दछ । (ब्रह्म सत्यं जगत मिथ्या) भौतिक रूपमा अहिले देख्खिईराखेको कुरा पनि खासमा अहिले नहुन पनि सक्छ । जस्तो अँधेरी रातमा हामी आकाश तर्फ हेर्दा तारै ताराहरूले खचाखच भरीएको अकाश देख्दछौँ । जो अहिले भर्खर हामीलाई दृष्टीगोचर भैरहेका ताराहरू कैयन् प्रकाश बर्ष टाढाका हुन्, यी अहिले हामीले देखीराखेका ताराहरूको अवस्थिति जुन आकाशमा छ यो पनि कैयन् बर्ष पहिलेकै हो । अहिले हामीलाई दृष्यमा देखिन पुगेको मात्रहो अहिले कै स्थानमा छैनन् । ठ्याक्कै अहिलेको सबै ताराको खास अवस्थिति पृथ्वीबाट हेर्न कैयन् प्रकाश बर्ष पर्खन पर्ने हुन्छ । अतः दृष्यमा अहीले हामीहरूले देखिइराखेको अनुभव गरीराखेको कुराहरू यथार्थमा अहिलेका नभए जस्तै । हामीहरूलाई अहीले अनुभव नभएको कुरा हुन पनि सक्ने भयो । हैन र !
हाम्रा शरीरका सबै ज्ञानेन्द्रियहरूको अनुभवजन्य सिमा हुन्छ । जस्तै हामी एउटा मेगाक्रूज शिपको डेक्सको एउटा सिटमा शान्त बसेर शिपमा भएको वाटर स्लाईडमा खेल्दै गरेका केटाकेटीहरू लाई हेर्दा केटाकेटीहरू द्रुत गतिमा चिप्लिराखेको र आफूलाई स्थिर रहेको अनुभव गर्दछौँ । तर हाम्रो सिट सहित शिप ४५ किलोमीटर प्रति धण्टाको गतिमा कुदिरहेको छ भने समुन्द्रमा थिर रहेको अर्को शिपकाहरूले हामीहरूलाई पनि ४५ किलोमीटर प्रति धण्टा गतिमा हुईँकिराखेको देख्नेछन्, यदि उनिहरू पनि हाम्रै समान गतिमा छन् भने फेरी हामीलाई पनि स्थिर जस्तै देख्न्नेछन् र हामी बसेको शिप समुन्द्रको किनारामा स्थिर छ भने सबैले हामीलाई स्थिर देख्न्नेछन् । तर पृथ्वीकै वायुमण्डल भन्दा बाहिरका दृष्टिले हेर्दा भने, पृ्थ्वीको भूमध्यरेखाको परिधी ४०, ०७५ किमी किलोमिटर छ, २४ घण्टामा एकचक्र पूरा हुन्छ अतः पृथ्वीको घूर्णन गति भूमध्यरेखा क्षेत्रमा ३, ३३९.५८ कि.मी. प्रतिघण्टा मापन हुने भएकाले भूमध्यरेखामा शिपको कुर्सीमा स्थिर नै बसेको भए पनि हाम्रो गति पनि ३३३९.५८ कि.मी. प्रतिघण्टा हुईँकिई रहेको हुन्छ । यसरी हेर्दा ३३३९.५८ कि.मी. प्रतिघण्टा पनि हाम्रै गति हुने भयो ।
अन्य रेखाक्षेत्रमा यसरी गतिफरक हुन्छ ।
– १० डिग्रीः १६४४.४ किमी प्रतिघण्टा
– २० डिग्रीः १५६९.१ किमी प्रतिघण्टा
– ३० डिग्रीः १४४६.१ किमी प्रतिघण्टा
– ४० डिग्रीः १२७९.१ किमी प्रतिघण्टा
– ५० डिग्रीः १०७३.३ किमी प्रतिघण्टा
– ६० डिग्रीः ८३४.९ किमी प्रतिघण्टा
– ७० डिग्रीः ५७१.१ किमी प्रतिघण्टा
– ८० डिग्रीः २८९.९५ किमी प्रतिघण्टा
यसरीनै सूर्यको परिक्रमा गर्न पृथ्वीले आफ्नो परिक्रमा कक्षमा एक चक्कर लगाउन एक बर्षको समयमा ९४० लाख किलोमीटर यात्रा गर्ने भएकाले पृथ्वी हुईँकिराखेको गति १,०८,००० किलोमीटर प्रति घण्टा हुन्छ अतः पृथ्वी बाहिरबाटै हेर्दा स्थिर सिटमा बसेको हाम्रो अर्को गति पनि १,०८,००० किलोमीटर प्रति घण्टा हुँइकियको पनि हुने नै भयो । सौर्य मण्डलको आफ्नो छुट्टै गति छ । सूर्यले अकास गङ्गाको केन्द्रलाई घुम्छ । सूर्यले अकास गङ्गाको केन्द्रलाई एक पटक घुम्न लगाउने समयलाई कश्मिक बर्ष भनिन्छ । यो हाम्रो समयको आधारमा २३०० लाख बर्ष हो । यसरी चक्कर लगाउँदा सूर्यको गति २३० किलोमिटर÷सेकेण्ड हुन्छ । यसको मतलब सूर्य सँगै सौर्यमण्डलका सबै ग्रह नक्षत्र पनि सँग सँगै घुम्नेनै भए । हाम्रो पृथ्वीले पनि सौर्यमण्डल सँगै सूर्यकै २३० किलोमिटर÷सेकेण्ड गतिमा अकास गङ्गाको केन्द्रलाई घुमिरहेको हुन्छ । अतः हाम्रो गति २३० किलोमिटर÷सेकेण्ड पनि हुनेभयो । एवम् अकाशगङ्गाको अँझ धेरै अर्को गति छ । यसरी एउटा भन्दा अर्को धेरै, अर्को भन्दा झन धेरै गतिका अनेका अनेक गतिहरू भित्र हामी छौँ ।
अतः अब भन्नुहवस जसरी हामी आफूलाई एउटा कुर्सीमा स्थिर रूपामा बसेको ठानेका छौँ यस अवस्थालाई अब स्थिर भन्ने कि अस्थिर भन्ने ? अस्थिर भने कुन गतिको गतिशील भन्ने ? के भन्ने ! ? या अनेकाअनेक दिशाहरूमा भिन्ना भिन्नै गतिमा सङ्गै हुईंकिराखेको भन्ने ! ? यसमा जति सुकै तर्कवितर्कका वार्तालाप गरेपनि स्थितिको अनुभव जन्य बोधले स्थिर देखि फरक फरक गतिमा फरक फरक दिशामा सँगसँगै हुईंकिराखेका सबै कुरा सत्य हुन्, तर हामी जसरी आफूलाई सिटमा बस्दा अनुभवजन्य भ्रममा परेर स्थिर ठानेका हुन्छौ तेसरी नै आफूलाई हामी भ्रममा परेर नास्तिक सम्झन्छौँ तर सत्चितानन्द भगवद् सत्तामा हामी सबै चेत अचेत हुईँकीई राखेका नै हुन्छौँ, भौतिक होओस् वा आध्यात्मिक यहि नै शाश्वत सत्य हो ! बृहद् बैदिक सनातन हिन्दू धर्ममा ‘आत्म खलु विश्वमूलम’ भनेर विश्वब्रह्माण्डलाई आत्माको मूलठान्ने, र ‘वेदोक्खिलो धर्ममूलम’ भनेर वेदलाई यो विश्व ब्रह्माण्डकै प्राणीजगतको भलोगर्ने धर्मको मूल मानी धर्म, अर्थ, काम को अन्तिम लक्ष मोक्ष भएका ईश्वरवादीहरू एवम् पुनर्जन्ममा विश्वास नराख्ने अर्थ एवम् काम को अन्तिम लक्ष यहि जन्मको भोगमात्र ठान्ने अनिश्वरवादी दुबै बृहद् बैदिक सनातन हिन्दू धर्मका दुई ध्रुवहरू हुन् । सनातन धर्मका अनेकाअनेक पन्थहरू छन् । समग्र सनातन हिन्दू धर्म संस्कारका मार्ग पन्थहरूलाई दुई भाग लगाएर बुझ्न सक्छौँ ।
१) ईश्वरवादी (साकारवादी)
२) अनिश्वरवादी (निराकारवादी)
१) ईश्वरबादी (साकारवादी)ः ईश्वरको साकार स्वरूप मान्नेहरू जीवनलाई चारभागमा ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ एवम् सन्न्यास मा विभक्त गरेर यी सबै चरणहरू जीवन मुक्तिमार्ग ज्ञान–योग, कर्म–योग, भक्ति–योग द्वारा साधेर समग्र जीवनको धर्म, अर्थ, काम को लक्ष मोक्ष मानेर जीवनलाई सार्थक पार्नु हिन्दू धर्मका आस्तिकहरूको मर्म हो । आस्तिक सम्प्रदायहरू;
– शैव सम्प्रदायहरू;
महादेव एवम् शिव तत्वका उपासकहरू ।
– पाशुपत सम्प्रदाय; आज सम्म सबै भन्दा प्राचिन ऐतिहासिक प्रमाणहरू भेट्टीएका पशुपत शैव परम्पराका छन् । पाशुपत सम्प्रदायबाटै अरू विचारधाराहरू विकसितभए ।
– पशुपतिनाथ पूजक कति समाज नगर वस्तिहरू विलुप्त भैसकेका पनि फेरी उत्खननमा भेटीएका छन् । जहाँ ऋगवेदमा उल्लेख भए झैँ पशुपतिनाथ महादेवका ध्यानमुद्राका आकृति वसहा जस्ता धेरैकुराहरूका अवशेषहरू भेटीएका छन् । (वृहत् सिन्धु सरस्वती सभ्यताका नगरहरू मोहनजोदारो, हड़प्पा, कालीबंगा, लोथल लगाएतका क्षेत्रहरू । )
– आदिनाथ सम्प्रदाय; सिद्ध सिद्धान्त मान्ने सबै
– नवनाथहरू; (१) आदिनाथ (शिव) (२) उदयनाथ (पार्वती) (३) सत्यनाथ (बह्मा) (४) सन्तोषनाथ (विष्णु) (५) अचम्मनाथ (धरती) (६) गजकन्थनाथ (अकाश) (७) चौरागीनाथ (चन्द्रमा) (८) मत्स्येन्द्र नाथ (९) गोरखनाथ (लगाएत रतननाथ, धर्मनाथ, भवन्तनाथ, चन्दननाथ, नरहरिनाथ)
– नाथका १२ पन्थहरू; १)सत्यनाथी २) धर्मनाथी ३) रामपन्थ ४) नटेश्वरीपन्थ ५) कन्हडपन्थी ६) कपिलानीपन्थी ७) बैरागपन्थी ८) माननाथी ९) मातापन्थी १०) मानसपन्थी ११) धजपन्थी १२) गङ्गानाथी हुन् । दर्शनी (कानफट्टा) एवम् अघोर (गृहस्थ) योगीहरू यी पन्थहरूका संवाहक संरक्षक हुन् ।
– चौरासी सिद्ध; चौरासी सिद्धहरू नाथ सम्प्रदाय र बौद्ध सम्प्रदायका धेरै सिद्धहरू साझाछन् । १) चर्पतनाथ २) कपिलनाथ ३) गङ्गानाथ ४) विचारनाथ ५) जालन्धरनाथ ६) श्रङ्गारिपादनाथ ७) लोहिपादनाथ ८) पुण्यपादनाथ ९) कनकाईनाथ १०) तुषकाईनाथ ११) कृष्णपादनाथ १२) गोविन्दनाथ १३) बालङ्गुदाई नाथ १४) वीरवम्कनाथ १५) सारङ्गनाथ १६) बुद्धनाथ १७) विभाण्डनाथ, १८) वनखण्डिनाथ १९) मण्डपनाथ २०) भग्नभाण्डनाथ २१) धूर्मनाथ २२) गिरिवरनाथ २३) सरस्वतीनाथ २४) प्रभुनाथ २५) पिप्पलनाथ २६) रत्ननाथ २७) सन्सारनाथ २८) भगवन्त नाथ २९) उपन्तनाथ ३०) चन्दननाथ ३१) तारानाथ ३२) खार्पूनाथ ३३) खोचरनाथ ३४) छायानाथ ३५) शरभनाथ ३६) नागार्जुननाथ ३७) गोरियानाथ ३८) मनोमहेशनाथ ३९) श्रवणनाथ ४०) बालकनाथ ४१) शुद्धनाथ ४२) कायानाथ ४३) भावनाथ ४४) पाणिनाथ ४५) वीरनाथ ४६) सवाइनाथ ४७) तुक नाथ ४८) ब्रह्मनाथ ४९) शीलनाथ ५०) शिवनाथ ५१) ज्वालानाथ ५२) नागनाथ ५३) गम्भीरनाथ ५४) सुन्दरनाथ ५५) अमृतनाथ ५६) चिडÞियानाथ ५७) गेलारावल ५८) जोगरावल ५९) जगमरावल ६०) पूर्णमल्लनाथ ६१) विमलनाथ ६२) मल्लिकानाथ ६३) मल्लिनाथ ६४) रामनाथ ६५) आम्रनाथ ६६) गहिनीनाथ ६७) ज्ञाननाथ ६८) मुक्तानाथ ६९) विरुपाक्षनाथ ७०) रेवणनाथ ७१) अडबङ्गनाथ ७२) धीरजनाथ ७३) घोड़ीचोली ७४) पृथ्वीनाथ ७५) हम्सनाथ ७६) गैबीनाथ ७७) मञ्जुनाथ ७८) सनकनाथ ७९) सनन्दननाथ ८०) सनातननाथ ८१) सनत्कुमारनाथ ८२) नारदनाथ ८३) नचिकेता ८४) कूर्मनाथ ।
– कालामुख (कालदमन) सम्प्रदाय
– कापालिक सम्प्रदाय
– इंचागिरी संप्रदाय; वारकरी सम्प्रदाय सँग सम्बन्धीत ।
– लगाएतका मार्ग पन्थहरू
– मष्ट सम्प्रदाय; हिमलय कैलाश पर्वत एवम् पञ्चकैलाश क्षेत्रका ओरपर रहेका पार्वतीका माइतीहरू जस्ले शिव महादेवलाई जवाइँ इष्ट देव मान्नेहरूले शिवलाई अरूहरूले ‘महादेव’ (महा + देव = महादेव) भनेर सम्बोधन गर्दा यीनीहरूले महादेवका सट्टामा महा + इष्ट = मष्ट ‘मष्ट’ भनेर सम्बोधन गर्नेहरूनै कालान्तरमा मष्ट परम्परा मान्ने वा ‘मष्टो’ सम्प्रदायका (जडान खषान) भए ।
मष्ट सम्प्रदायमा १२ भाइ मस्ट भनेको महामस्ट शिव १ र शिव यानि रूद्रका ११ वटा प्रमुख अवतारहरूलाई जोडेर भनिएको हो । मष्टका विभिन्न स्थान र अवस्थिति मा भिन्नाभिन्नै नाम र रूपमा पुकारेको पाइन्छ । रूद्रले असत्य अत्याचार संहारकालागी महारौद्ररूपहरू धारण गरेको स्वरूपलाई ‘दाह्रेमष्ट’ का रूपमा पूजा गरीयो । रूद्रले सुशासन स्थापना गरी सञ्चालन गरेको स्वरूपलाई ‘रजवालीमष्ट’ का रूपमा पूजियो एवम् रूद्रका सौम्यरूपको स्वरूपलाई ‘दुधेमष्ट’ का रूपमा पूजागरीन्छ । मष्ट पूज्नेहरूले पुज्ने नौ भवानीहरू भनेको सति देवी पार्वती लगायत शक्तिस्वरूपा नवदुर्गा देवीका नौ रुपहरू (नवदुर्गा; १) शैलपुत्री २) ब्रह्मचारिणी ३) चन्द्रघण्टा ४) कूष्माण्डा ५) स्कन्दमाता ६) कात्यायनी ७) कालरात्री ८) महागौरी ९) सिद्धिदात्री) हुन् । मसग्र ’मष्ट’ पूज्ने मष्टोहरूले शक्ति वा शक्तिस्वरूप कै पूजा, आरधना गर्ने गर्दछन् ।
मष्टोहरूले अत्यन्तै आस्था राख्ने बडीमालीका मालीका कलीका देवीहरू हुन् । बडीमालीका भनेको सतिदेवी हुन् । मालीका भनेकी पार्वती हुन् । कालिका भनेकी काली देवि हुन् । काली देवीका अन्य रूपहरूलाई चौसट्ठी योगीनी १) भद्रकाली २) कालरात्री ३) महालक्ष्मी ४) सरस्वती ५) माहेश्वरी ६) यमुना ७) महामाया ८) अम्बिका ९) वाराही १०) विंध्यवासिनी ११) वानरमुखी १२) वैष्णवी १३) तारा १४) वैद्यरूपा १५) चर्चिका १६) बेताली १७) छिन्नमस्तिका १८) वृषवाहन १९) ज्वाला कामिनी २०) घटवारा २१) करकाली २२) शांति २३) बिरुपा २४) कौवेरी २५) भालुका २६) नारसिंही २७) बिराजा २८) विकटानन २९) नर्मदा ३०) कौमारी ३१) क्षेमकरी ३२) रति ३३) करकरी ३४) सर्पश्या ३५) यक्षिणी ३६) विनायकी ३७) रणवीरा ३८) वीरकुमारी ३९) वारुणी ४०) ऐन्द्री ४१) कामायनी ४२) घटाबरी ४३) स्तुति ४४) काली ४५) उमा ४६) नारायणी ४७) समुद्रा ४८) ब्राह्मी ४९) ज्वालामुखी ५०) आग्नेयी ५१) अदिति ५२) चन्द्रकान्ति ५३) वायुवेगा ५४) चामुण्डा ५५) मूर्ति ५६) गंगा ५७) धूमावती ५८) गांधारी ५९) सर्व मंगला ६०) अजिता ६१) सूर्यपुत्री ६२) वायु वीणा ६३) अघोर ६४) बहुरूपो स्वरूपहरू पुजीन्छन् ।
घरमाडू वनमानडूका थानहरूमा सेता राता धजा, त्रिशूल, रुद्राक्षका माला, दियो, र शङ्खघण्ट, डमरू, शिरमा शिखा राखी धातुको दण्डमा धजा बाँधेर राजण्ड बनाई पूजाथानमा थापनागरी धामी डाँगर द्वारा पूजा आरधना गरीन्छ । धामी डाँगरमा शक्ति स्वरूपाको सञ्चार भएर मष्ट शक्तिको जागरण हुँदा डाँगरहरू काम्पायमान हुँदै फतुर्न (वानी निस्कनु) थाल्दछन् । पञ्चकैलाश क्षेत्रका मष्टो पूजकहरूको भाषा जड्खसनभाषा हो । खसभाषा कालक्रमैले परिमार्जित हुँदै अहिले नेपाली राष्ट्रियभाषा भएको छ । यो नेपाली भाषाको मूलमातृभाषा संस्कृत हो । संस्कृत भाषा को व्याकरणकार ’महेश्वर सूत्र’ को उत्पत्ति भगवान नटराज (शिव) द्वारा गरिएको ताण्डव नृत्यका डमरुका नाद टङ्कारबाट भएको हो । मष्टोहरूको ‘फाग’, ‘सगुन’, ‘हुड्केली’ एवम् ‘भारत’ जस्ता लोक संस्कृतिमा मष्टोको प्रमुख सम्बन्ध देवाधिदेव महादेव, शक्तिस्वरूपा सती पार्वती, देवराज इन्द्र सँग रहेको र थानहरूमा त्रिशूल, सेता र राता धजाहरूमा सेता धजा शैवको प्रतिक र राता धजा शाक्तका प्रतिक हुन् । मष्ट पूज्ने मस्टो (जड–खसान) हरूको नृत्य हुड्केली लगायतका नृत्यगर्दा पनि महादेव कै हातमारहने अनहदनादको प्रतिक डमरू बाजा बजाउने गर्दछन् । माण्डौ (पूजास्थल) हरूमा मूलधामी बस्ने गादीहुन्छ । यो गादी इन्द्रासनकै आसनको प्रतिक र धातुको दण्डमा धजाबाँधेको दण्ड राजदण्डकै प्रतिक हो । ‘इन्द्रका पुत गोसाई मण्डालनीका जाय’ भनि गाउने फागले पनि यो कुरा प्रष्ट हुन्छ । हाल समाजमा मष्टो पूजकलाई तिमीहरू हिन्दू हैनौ भन्नेहरू सलबलाइ रहेका देखिन्छन् । प्रकृति पूजक मात्र हौ हिन्दू होइनौ भन्दै सनातन धर्मबाट विथोल्न अनेकन प्रचक्रीहरू लागिपरेका छन् । धर्म नै नमान्ने निकृष्टहरू निर्लज्ज भएर अनेकन तरहले अफवाह फैलाउँदै सनातन धर्मबाट विटुट्याउन खुल्लम खुल्ला लगेका छन् । मिसनका ध्रुत सिकारीले यस्ता भ्रमजाल जतिसुकै फैलाय पनि ति भ्रमजालमा कोही पनि पर्नुहुँदैन ! यो मष्टो सम्प्रदाय विशुध्द शैव एवम् शाक्त प्रम्परा नै हो !
– निरञ्जनी सम्प्रदाय; नाथ एवम् निर्गुण सम्प्रदाय सँग सम्बन्धीत निर्गुण साधनाका साधक कबीर, नानक, दादु जगन एवम् हरिदास प्रसिद्ध छन् । निरञ्जन साधकहरूको गोरखनाथमा धेरै श्रद्धाभव राख्दथे ।
– नन्दीनाथ सम्प्रदाय; शैव सिद्धांत सम्प्रदाय (सिद्ध सम्प्रदाय) संस्थापक महर्षि नन्दीनाथ हुन यिनका प्रख्यात आठ शिष्यहरूमा सनतकुमार, शंकर, सन्दानर, सनन्थानर, शिवयोगमुनि, पतञ्जल, व्यारपाडा एवम् त्रिरूमुलर हुन् ।
– त्रिक सम्प्रदाय (कश्मीरी शैव दर्शन)
० स्पंद
० प्रत्यभिज्ञा
० क्रम
० कौल
– अघोर पंथ
– स्रौत शैव सिद्धांत सम्प्रदाय (शैवाद्वैत÷ शिव–विशिष्टाद्वैत)
– मैकन्दर संप्रदाय (तमिल शैव सिद्धान्त)
– वीरशैव सम्प्रदाय
– लिंगायत सम्प्रदाय
– रासेश्वर
– शाक्त सम्प्रदायहरू;
देवी (शक्तिस्वरूपा) नव दुर्गाका एवम् चौसट्ठी योगीनीका उपासकहरू, जस्को शिव सँग घनिष्ठतम सम्वन्ध हुन्छ ।
नवदुर्गा; १) शैलपुत्री २) ब्रह्मचारिणी ३) चन्द्रघण्टा ४) कूष्माण्डा ५) स्कन्दमाता ६) कात्यायनी ७) कालरात्री ८) महागौरी ९) सिद्धिदात्री
चौसट्ठी योगीनी; १) भद्रकाली २) कालरात्री ३) महालक्ष्मी ४) सरस्वती ५) माहेश्वरी ६) यमुना ७) महामाया ८) अम्बिका ९) वाराही १०) विंध्यवासिनी ११) वानरमुखी १२) वैष्णवी १३) तारा १४) वैद्यरूपा १५) चर्चिका १६) बेताली १७) छिन्नमस्तिका १८) वृषवाहन १९) ज्वाला कामिनी २०) घटवारा २१) करकाली २२) शांति २३) बिरुपा २४) कौवेरी २५) भालुका २६) नारसिंही २७) बिराजा २८) विकटानन २९) नर्मदा ३०) कौमारी ३१) क्षेमकरी ३२) रति ३३) करकरी ३४) सर्पश्या ३५) यक्षिणी ३६) विनायकी ३७) रणवीरा ३८) वीरकुमारी ३९) वारुणी ४०) ऐन्द्री ४१) कामायनी ४२) घटाबरी ४३) स्तुति ४४) काली ४५) उमा ४६) नारायणी ४७) समुद्रा ४८) ब्राह्मी ४९) ज्वालामुखी ५०) आग्नेयी ५१) अदिति ५२) चन्द्रकान्ति ५३) वायुवेगा ५४) चामुण्डा ५५) मूर्ति ५६) गंगा ५७) धूमावती ५८) गांधारी ५९) सर्व मंगला ६०) अजिता ६१) सूर्यपुत्री ६२) वायु वीणा ६३) अघोर ६४) बहुरूपा
कालीकुल
– कालिका मालिका उपासकहरू ।
– काली (चौसठ्ठी भवानी) का उपासकहरू ।
– मष्ट सम्प्रदाय; ९ भवानी दुर्गा शक्तिस्वरूपाका ९ रुप पुज्ने कालिका मालिका डिग्रेसाइकुमारी लगायतका शक्ति पिठहरू पुज्ने भएकाले मष्टो पुजक सनातन शाक्त पनि हुन् । यि महादेव र पार्वतीका नजिकका भएकाले शैव शाक्तकै पूजा आरधना अग्रजहरूका अनुकम्पाले मन्त्रशक्ति साधना द्वारा गर्ने गर्दछन्, यसरी अन्यस्थानमा जस्तो पूजाकर्मकाण्ड नगरी प्रत्यक्ष शक्तिको आरधना जागरण द्वारागर्ने मष्टोहरू सबै शाक्त पनि हुन् ।
श्रीकुल
नवदुर्गा श्री अर्थात् षोडशी समस्त ऐश्वर्यकी अधिष्ठात्री देवीका उपासकहरू ।
वैष्णव सम्प्रदायहरू;
भगवान विष्णुका दशाअवतार १) मत्स्य अवतार २) कूर्म अवतार ३) वराह अवतार ४) नृसिंह अवतार ५) वामन अवतार ६) परशुराम अवतार ७) राम अवतार ८) कृष्ण अवतार ९) बुद्ध अवतार १०) कल्कि अवतार माने सम्प्रदायहरू ।
श्री सम्प्रदाय
– वेदकलाई
– थेनकलाई
– ब्रह्मा÷मधवा सम्प्रदाय
– रुद्र सम्प्रदाय
– पुष्टी मार्ग÷वल्लभा सम्प्रदाय
– कुमार÷निंबार्क÷हंस÷चतुः सन÷सनकादि सम्प्रदाय
– सखीभाव सम्प्रदाय÷हरिदासी सम्प्रदाय
– वैखानस सम्प्रदाय
– ब्रह्मा–मधवा–गौड़ीय सम्प्रदाय; ब्रह्मा सम्प्रदाय सँग सम्बन्धीत
– रामानन्दी सम्प्रदाय ÷ रामायत; श्री सम्प्रदाय सँग सम्बन्धीत
– वारकरी सम्प्रदाय
– निजानन्द सम्प्रदाय
– कृष्ण प्रणामी सम्प्रदाय
– उद्धव सम्प्रदाय
– स्वामी नारायण सम्प्रदाय
– एक शरण धर्म (असमिया वैष्णव दर्शन)
– महानाम सम्प्रदाय; गौड़ीय सम्प्रदाय सँग सम्बन्धीत
– मणिपुरी वैष्णव दर्शन
– पंचसखा सम्प्रदाय ÷ उत्कलिया वैष्णव दर्शन
– दमोदरिया वैष्णव सम्प्रदाय
– रामस्नेही सम्प्रदाय
– गाणपत्य सम्प्रदाय;
गणेश (आकाश तत्व) का उपासकहरू ।
– कौमारम सम्प्रदाय;
कुमार ÷स्कंद ÷मुरुगन÷ कार्त्तितकेयका उपासकहरू ।
सौर सम्प्रदाय;
– सूर्य का उपासकहरू ।
श्रौत परम्परा;
– श्रुति स्मृति ग्रन्थहरूमा विश्वास गर्नेहरू; धार्मिक, वैदिक, यज्ञादी अनुष्ठान गर्ने ब्राह्मणहरू ।
स्मार्त परम्परा;
वैदिक; विशेष गरी आदिशङ्कराचार्यः द्वारा स्थापित सम्प्रदायसँग सम्बन्धित, जस अन्तर्गत दशनामी, नागा साधुहरूको अखाडाहरू यस परम्परा अन्तर्गत आउँछन् । अद्वैत वेदान्त दर्शनका आदिशङ्कराचार्यः का चार प्रमूख मठहरू छन् चरै मठले एक एक गरी चारै वेदको प्रतिनिधित्व गर्दछन् ।
१) वेदान्त ज्ञानमठ, श्रृंगेरी
दिशा = दक्षिण
वेद = यजुर्वेद
महावाक्य = ‘अहं ब्रह्मास्मि’
पारम्परिक सम्प्रदाय = सरस्वती,
अहिलेका शङ्कराचार्य = स्वामी श्री भारती कृष्णतीर्थजी
२) गोवर्धन मठ, जगन्नाथपुरी
दिशा = पूर्व
वेद = ऋग्वेद
महावाक्य = ‘प्रज्ञानं ब्रह्म’
पारम्परिक सम्प्रदाय = अरण्य
अहिलेका शङ्कराचार्य = स्वामी श्री निश्चलानंद सरस्वतीजी
३) शारदा (कालिका) मठ, द्वारका
दिशा = पश्चिम
वेद = ‘सामवेद’
महावाक्य = ‘तत्वमसि’
पारम्परिक सम्प्रदाय = तीर्थ एवम् आश्रम
अहिलेका शङ्कराचार्य = स्वामी श्री सदानन्द सरस्वतीजी
४) ज्योतिर्पीठ, बद्रिकाश्रम (उत्तर भारत) गिरि, पर्वत, एवम् सागर जस्ता सन्यासीहरू यस मठ अन्तर्गत आउँछन् ।
दिशा = उत्तर
वेद = ‘अथर्ववेद’
महावाक्य = ‘अयमात्मा ब्रह्म’
पारम्परिक सम्प्रदाय = गिरि, पर्वत एवम् सागर
अहिलेका शङ्कराचार्य = स्वामी श्री अविमुक्तेश्वरानन्द सरस्वती
५) काँची मठ; काँची मठ आद्य गुरु शङ्कराचार्यले आफ्नो देह त्यागा गरेको मठ हो । हाल स्वामी श्री जयेन्द्र सरस्वती काँची मठ का मठाधीश्वर छन् । यीनी यहाँको परम्परा अनुसार ६९औँ मठाधीश हुन् ।
६) चतराधाम नेपाल, सप्तकैशिकी बराहक्षेत्र सुनसरी (प्राचीन हरिद्वार) (क्रमशः….)