Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । प्यालेस्टिनी लडाकु समूह हमासका शीर्ष नेता इस्माइल हानिया इरानको राजधानी तेहरानमा मारिएका छन् ।
बुधबार हमासले विज्ञप्ति जारी गर्दै घटनाको पुष्टि गरेको हो । तेहरानस्थित हानियाको निवासमा इजरायलले गरेको हमलामा उनी मारिएको हमासले जनाएको छ ।
हमासका अनुसार कतारमा बस्दै आएका हानिया इरानका नयाँ राष्ट्रपति मसुद पेजेस्कियानको पदभार ग्रहण कार्यक्रममा सहभागी हुन तेहरान पुगेका थिए ।
इरानको इस्लामिक रिभोल्युशनरी गार्डले पनि हानियाको मृत्यु भएको पुष्टि गरेको छ । हानियाका साथ उनका एक अङ्गरक्षक पनि मारिएको जनाइएको छ ।
इस्माइल हानिया हमासको पोलिटिकल ब्यूरो प्रमुख थिए । उनी प्यालेस्टिनी अथोरिटीको १०औँ सरकारका प्रधानमन्त्री थिए । अबू अल अब्द उपनाम रहेका उनको जन्म प्यालेस्टिनी शरणार्थी शिविरमा भएको थियो ।
इजरायलले हानियालाई सन् १९८९ मा तीन वर्षका लागि कैद गरेको थियो । त्यसपछि उनलाई हमासका केही नेताका साथ निर्वासित गरिएको थियो । निर्वासन पूरा भएपछि उनी गाजा फर्किएका थिए । सन् १९९७ मा उनलाई हमास आन्दोलनका आध्यात्मिक नेता शेख अहमद यासीनको कार्यालयका प्रमुख नियुक्त गरिएको थियो । त्यसपछि उनको राजनीतिक हैसियत बढेको थियो ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल