Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

इटालीमा थप ३४९ को मृत्यु

एजेन्सी । इटालीमा कोरोनाभाइरसको संक्रमणबाट थप ३ सय ४९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टाभित्र ३ सय ४९ जनाको मृत्यु भएपछि इटालीमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या २१ सय ५८ पुगेको छ । थप ३२ सय ३३ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या २७ हजार ९८० पुगेको छ । उपचार गराइरहेका २३ हजार ७३ जनामध्ये १८ सय ५१ जनाको अवस्था गम्भीर रहेको छ। २७ सय ४९ जना भने उपचारपछि ठीक भएर घर फर्किसकेका छन् । कोरोनाभाइरसको महामारी बढेपछि इटाली सरकारले सबै नाका बन्द गरेर मानिसहरुलाई घरभित्रै रहन आह्वान गरेपनि संक्रमण रोकिएको छैन । त्यहो सोमबारदेखि ‘लक डाउन’ समेत लागु भइसकेको छ ।


सम्बन्धित समाचार