Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले ‘इनम प्रकरण’ को सत्यतथ्य सार्वजनिक गर्न निष्पक्ष र पारदर्शी छानबिनको माग गरेका छन्। इनम सापकोटाकी श्रीमतीले राष्ट्रिय मानवअधिकार आयोगमा दिएको उजुरीलाई आधार बनाउँदै शर्माले यस विषयमा प्रधानमन्त्रीसँग जवाफ मागेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शर्माले उजुरीमा उल्लेख गरिएको ‘कांग्रेस सभापति गगन थापालगायतका व्यक्तिविरुद्ध बयान दिए रिहा गर्ने, अन्यथा फसाइदिने’ भन्ने विषयको वास्तविकता स्पष्ट पार्न प्रधानमन्त्रीसँग आग्रह गरेका हुन्।
उनले मानवअधिकार आयोगमा परेको उजुरी झुटो हो वा राज्यकै आडमा एकपछि अर्को अपराधका योजना बनिरहेका छन् भन्ने विषय गम्भीर रहेको बताएका छन्। यसबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने उनको भनाइ छ।
पारदर्शिता लोकतन्त्रको आधारभूत स्तम्भ भएको उल्लेख गर्दै शर्माले ‘इनम प्रकरण’ लाई रहस्यमय घटनाका रूपमा मात्र सीमित गर्न नहुने बताएका छन्। यसमा जोडिएका सम्पूर्ण तथ्य नागरिकले थाहा पाउनुपर्ने उनको धारणा छ।
प्रकरणसँग सम्बन्धित षड्यन्त्रका पत्रहरू क्रमशः सार्वजनिक हुँदै गएको दाबी गर्दै उनले अब सबै तथ्य बाहिर ल्याउनुपर्ने बताएका छन्।
शर्माले यस घटनाको वास्तविकता पत्ता लगाउन निष्पक्ष र पारदर्शी छानबिन आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि संसद्ले तत्काल अग्रसरता लिनुपर्ने मागसमेत गरेका छन्।
२०८३ मंसिर १३
ताजा नेपाल
२०८३ मंसिर १३
ताजा नेपाल
२०८३ मंसिर १३
ताजा नेपाल