Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

इन्भेस्टमेन्ट र मेगा बैंक मर्जर प्रक्रियाको अन्तिम चरणमा

काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक नेपालबीचको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको छ। दुवै बैंकको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले मर्जर प्रक्रियाका क्रममा तयार पारिएको अन्तिम सम्झौता स्वीकृत भई हस्तान्तरण गरेका छन्। योसँगै मर्जर प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको हो। ‘सबै प्रक्रिया लगभग सकिएकोले सम्भवतः पुुस १५ गतेपछि एकीकृत कारोबार हुनेछ’, संयुक्त मर्जर कमिटीका एक सदस्यले भने। इन्भेस्टमेन्ट र मेगाबीच गत जेठ २७ गते मर्जरमा जाने प्रारम्भिक समझदारी भएको थियो। गत असार २२ गते राष्ट्र बैंकले इन्भेस्टमेन्ट र मेगाबीचको मर्जरलाई सैद्धान्तिक स्वीकृति दिएको थियो। डीडीए रिपोर्टअनुसार इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको १००ः९० स्वाप रेसियो कायम भएको छ। मर्जरपछि बन्ने बैंकको नाम ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक’ रहनेछ। बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे र अध्यक्षमा पृथ्वीबहादुर पाण्डे रहनेछन्। यस्तै नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रबिना देशराज जोशी हुने छिन्। मर्जरपछि बन्ने नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको चुक्तापुँजी ३४ अर्ब ४२ करोड रुपैयाँ पुग्नेछ। हाल इन्भेस्टमेन्ट बैंकको चुक्तापुँजी १८ अर्ब ३० करोड रुपैयाँ र मेगा बैंकको १६ अर्ब १२ करोड रहेको छ।


सम्बन्धित समाचार

आजबाट धरहरा चढ्दा २०० लाग्ने

२०८१ मंसिर ९

ताजा नेपाल

रविको म्याद चौथो पटक थपिँदै

२०८१ मंसिर ९

ताजा नेपाल