Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ईश्वरको ठाउँमा मानुषि र रञ्जु

काठमाडौं । रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरेकी छन् । रञ्जु दर्शनाले सामाजिक सन्जाल फेसबुकमा स्टाटस राख्दै काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रिने औपचारिक घोषणा गर्न पाउँदा हषिर्त भएको उल्लेख गरेकी छन् । जसपा अध्यक्ष डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई पनि क्षेत्र नं. ५ बाट चुनाव लड्ने तयारीमा छिन् । २०७४ को  निर्वाचनमा काठमाडौं क्षेत्रनम्बर ५ बाट नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल विजयी भएका थिए । सोही क्षेत्रबाट नेपाली कांग्रेसका नेता प्रकाशशरण महत र विवेकशील नेपाली दलका स्वर्गीय उज्ज्वल थापालगायतका उम्मेदवारले पनि प्रतिस्पर्धा गरेका थिए । काठमाडौं क्षेत्र नम्बर ५ मा काठमाडौं महानगरपालिकाका वडा नं. २, ३, ४, ५, बुढानीलकण्ठ नगरपालिकाका वडा नं. ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाका वडा नं. २, ३, ४, ५, ६ र ७ पर्दछन् ।