Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उचाल्दै पछार्दै सर्वशक्तिमान

काठमाडौं । आफ्नो गुट बलियो बनाउन केपी शर्मा ओली जसरी पनि लाग्छन् । कहिले वामदेवलाई च्यापेर आफ्नो गुट जोगएका ओली कहिले माधवका पक्षमा पुग्छन् त कहिले आफैं सरहका अध्यक्ष पुष्पकमल दाहालको नजिकै देखिन्छन् । राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन भन्ने उक्ति उनमा शतप्रतिश लागू हुन्छ । अघिल्लो दिनसम्म एउटै गुटमा रहेका व्यक्तिलाई भोलिपल्टै छाडेर उनी अर्कोतिर सम्बन्ध विस्तार गरी गुट र कुर्सीको रक्षा गर्न सफल हुँदै आएका छन् ।

१० वर्षे सशस्त्र युद्धको नेतृत्व सम्हालेर नेपाली सेनालाई हावाकावा बनाएका, विश्वलाई आश्चर्यचकित बनाएका र पार्टीभित्र नेता कार्यकर्तालाई दबदबामा राखेर आफू सर्वसक्तिमान बनाएका पुष्पकमल दाहाल अहिले ओलीको छायाँमा रुझेको बिरालो बनेका छन् । कुनै बेला पार्टीमा प्रचण्डपथ लादेर आफ्नै कार्यदिशामा पार्टीलाई अगाडि बढाएका मात्रै थिएनन् आफ्नो विपक्षमा उभिने नेता कार्यकर्तालाई पाखा लगाएरै भए पनि प्रचण्ड शर्वशक्तिमान भएकै थिए । सशस्त्र युद्धबाट पार नलाग्ने देखेपछि संसदीय राजनीतिमा होमिएका प्रचण्ड पार्टी फुट्दै टुट्दै गएपछि आफू कमजोर भएको महसुस गरेर पार्टीलाई एमालेमा बिलय गराउँदै आफूलाई दोस्रो वरियताको अध्यक्ष बनाएका हुन् । तत्कालिन एमालेका केपी ओलीलाई पहिलो अध्यक्ष मानेका प्रचण्ड सधैं दोस्रो वरियतामा रहँदै आएका छन् ।

भन्नका लागि अहिले कार्यकारी अध्यक्ष भनिए पनि उनको बोली कहीं पनि बिक्दैन । प्रधानमन्त्री तथा अध्यक्ष ओलीको इशारा बिना नेकपामा कुनै पनि हलचल हुँदैन । पछिल्लो समयमा आइपुग्दा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डसँग केही कुराको सल्लाह सुझाव नगरी एकलौटी ढंगले पार्टी र सरकार सञ्चालन गर्दा पनि प्रचण्डले राजनीतिक चतु¥याई देखाउन सकेका छैनन् । आफ्नो पक्षलाई बलियो बनाउन नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई काखि च्यापे पनि उनको केही चलेको छैन । १० वर्षे जनयुद्धका बेला सँगै काँधमा काँध मिलाएका सारथीहरुले पनि प्रचण्डलाई छाडेर ओलीसँग लोली मिलाउन पुगेपछि प्रचण्ड झन कमजोर देखिएका छन् । प्रधानमन्त्री ओली केपी ओलीले क्याबिनेटमा दुई तिहाई पु¥याइसकेका छन् भने सचिवालयमा स्पष्ट बहुमत पु¥याएका छन् । केन्द्रीय कमिटीमा पनि बहुमतको जोडघटाउ ओलीले थालेका छन् ।

आफैं सरहका अरु नेताहरुको कुरै नसुन्ने, अरु नेता नेताहरुलाई दबाएर आफ्नो गुटलाई अगाडि ल्याउनु ओलीवाद भएको छ । अघिल्लो चुनावमा साम, दाम दण्ड भेद प्रयोग गरेर झापाबाट हराएको इगो अहिले ओलीले अध्यक्ष प्रचण्डसँग साँधिरहेको अनुभूति हुन्छ । झापाबाट पराजित भएपछि ओलीले पाँच वर्षसम्म कुनै पदको लोभ गरेनन्, कुनै पनि चोर बाटो नखोजी पार्टीभित्रै आफूलाई बलियो बनाउँदै जानु उनको रणनीति नै बन्यो । आफू बलियो हुनका लागि तत्कालिन माओवादीलाई ओलीले जति सत्रु कसैले बनाएनन् । कुनै पनि बेला बदला लिएर इगो साध्ने सवालमा ओली सबैभन्दा चतुर मानिन्छन् ।

ओलीले आफ्ना प्रतिस्पर्धीलाई शक्तिहिन बनाएर अगाडि बढ्नुलाई नेपाली जनताले नौलो र आश्चर्यको कुरा मान्नु पर्दैन । अहिले पनि ओली पार्टीदेखि सरकार सञ्चालनसम्म सर्वशक्तिमान हुने योजनामा सफल हुँदै अगाडि बढिरकेका छन् । आफ्ना प्रतिस्पर्धी र जोरी खोज्नेलाई कमजोर बनाई पातालमै पुर्याउन पनि उनी पछि पर्दैनन् ।

आफू रहुञ्जेल शक्तिशाली बन्ने स्वभाव भएका ओलीले अहिले कसैलाई कसैलाई गन्दैनन्, कसैको कुरा नसुनी आफ्नो दिमागमा जे आउँछ त्यही पार्टीको नीति र सिद्धान्त बनाउँदै आएका छन् । ओलीले एकलौटी रुपमा पार्टी र सत्ता सञ्चालन गरिरहे पनि ओलीको घाँटीमा घण्टी झुण्डाउने सल्लाह गरे पनि त्यसको नेतृत्व लिने हिम्मत अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरुको समूहले गर्न सकेको छैन । ओलीको कार्यशलीविरुद्ध मिडियाका अगाडि दुई चार शब्द बोल्नु बाहेक विरोधका कुनै काम पार्टीभित्र ओली इतरका व्यक्तिहरुले गर्न नसेकै कारण ओली सर्वशक्तिशाली हुँदै अघि बढिरहेका छन् आफूलाई इच्छा लागेका सबै काम गर्दै अगाडि बढिरहेका छन् ।


सम्बन्धित समाचार