Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । बलात्कार प्रयासको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत, काठमाडौंको आदेशविरुद्ध उच्च अदालत, पाटन पुगेका पूर्वसभामुख कृष्णबहादुर महराको निवेदनमा आजबाट सुनुवाइ हुँदैछ । उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको संयुक्त इजलासमा उनको निवेदनमाथि सुनुवाइ हुन लागेको हो । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले १८ कात्तिकमा महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । ५ मंसिरमा महराले उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । अदालतले पीडित भनिएकी महिला कर्मचारीसँग पनि बयान लिइसकेको छ । जसमा उनले आफूमाथि करणी नभएको दाबी गरेकी छन् । घटना विवरण कागजात, जाहेरी दरखास्त, मौकामा कागज गर्नेहरुको बयान र तत्काल प्राप्त प्रमाणको आधारमा महरा कसूरदार होइन भन्न नसकिएको भन्दै उनलाई थुनामा पठाउन आदेश भएको थियो । त्यसयता उनी डिल्लीबजार कारागारमा छन् ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल