Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राजधानी काठमाडौं उपत्यकामा दुई साता लामो निषेधाज्ञापछि पनि संक्रमितको संख्या बढिरहेको छ । उपत्यकामा थप ४४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । बुधबार काठमाडौं उपत्यकामा ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४१३ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा १० हजार ६७१ र होम आइसोलेशनमा ७ हजार ७४२ जना रहेका छन् । आज १३ हजार ४१३ जनाको पीसीआर भएको छ । यस्तै बितेको २४ घण्टामा ९१७ जना डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या २४ हजार २०७ पुगेको छ ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल