Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उपरथी शर्माको सेनापति बन्ने बाटो खुल्यो

काठमाडौं । नेपाली सेनाका उपरथी प्रभुराम शर्माको पदावधि थप भएसँगै प्रधान सेनापति बन्ने बाटो खुलेको छ । सेनाका युद्धकार्य महानिर्देशक समेत रहेका उपरथी शर्माको पदावधि १ वर्ष २ महिना १५ दिनका लागी थप भएसँगै सेनापति बन्ने बाटो खुल्ला भएको हो । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा संचारमन्त्री गोकुल बांस्कोटाले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उपरथी शर्माको पदावधि थप भएको जानकारी दिए । हालका बलाध्यक्षरथी गौरव तण्डुल रथीबाट आगामी वैशाख १९ मा अवकास हुनेछन् । त्यस्तैअर्का रथी शरद गिरीले समेत असार ०६ गते अनिवार्य अवकास पाउनेछन् ।

रथीद्वय गिरी र तण्डुलको अवकास भएसँगै शर्मा सेनामा प्रधानसेनापति थापापछि वरियतामा दोस्रो नम्बरका जर्नेल बन्नेछन् । हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले २०७८ भदौ २४ मा अनिवार्य अवकास पाएसंगै शर्मा उनको ठाउंमा नेपाली सेनाको प्रधानसेनापति बन्नेछन् । सेनापति थापाले समेत आफ्नो उत्तराधिकारीका रुपमा शर्मालाई नै अघि सारेको बुझिएको छ ।


सम्बन्धित समाचार

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल