Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ऋणको ब्याज मासिकरुपमै परिवर्तन हुने भएपछि सेयर बजारमा १०.६६ अंकको सुधार

काठमाडौं। नेपाल राष्ट्र बैंकले ऋणको ब्याजदर मासिक रुपमा परिवर्तन गर्न सक्ने सुविधा दिने भएपछि सेयर बजारमा रौनक फर्किएको छ।
साताको पहिलो र दोस्रो कारोबार दिन निरन्तर ३६ अंकले घटेको सेयर बजार मंगलबार दोहोरो अंकले बढेर बन्द भएको हो। मंगलबार नेप्से परिसूचक १०.६६ अंकले बढेर १८४४.३६ विन्दुमा आइपुगेको हो।
राष्ट्र बैंकले केही दिनमै चालु आर्थिक वर्षको मौद्रिक समीक्षा सार्वजनिक गर्दैछ। त्यसले पनि सेयर बजारलाई केही खुकुलो नीति ल्याउने चर्चाबीच सेयर बजारमा सकारात्मक प्रभाव परेको लगानीकर्ताहरुको कथन छ।
त्यसैगरी, सोमबार सेयर बजार निकै तल झरिसकेकाले मंगलबार सस्तो मूल्यमा सेयर खरिद गर्ने लगानीकर्ता बढेका छन्। जसका कारण सोमबार घटेको होटल र जलविद्युत कम्पनीहरुमा आज खरिदकर्ताको बाक्लो चाप देखिन्छ। यस्तै उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनीहरुमा खरिदकर्ता झुम्मिएका छन्।
कारोबारका आधारमा उत्पादन तथा प्रशोधन क्षेत्र र जलविद्युत क्षेत्रका कम्पनीहरु अग्रस्थानमा छन्। मंगलबार हिमाल दोलखा हाइड्रोपावर कम्पनीको कारोबार उच्च छ। कम्पनीको ६ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
यस्तै, शिवम् सिमेन्टको पनि ४ करोड ४६ लाख बराबरको सेयर कारोबार भएको छ। हिमालयन डिष्टिलरीको पनि १ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
मंगलबार ७७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। सोमबार ८२ करोड बराबरको सेयर कारोबार भएको थियो।